बिहीबार, वैशाख ६, २०८१

मृतकका आफन्तले गरे राजमार्ग अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- कैलालीमा बसको ठक्करबाट दुई बालक गुमाएका स्थानीयले शनिबार पुनः पुर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

शुक्रबार दुवै पक्षबीच वार्ता गर्दै विवाद टुङग्याउने सहमतिमा राजमार्ग सुचारु गरिए पनि पीडित पक्षले माग सम्वोधनमा वेवास्ता गरेको भन्दै शनिवार फेरि राजमार्ग अवरुद्ध गरेका हुन्।

जिल्लाको बौनियाँमा बिहीबार साँझ बसको ठक्करबाट घाइते भएका बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको उपचारका क्रममा मृत्यु भएपछि शुक्रवार पनि मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनियाँ खण्ड अवरुद्ध पारेका थिए।

सडकमा कुनै पनि सवारी साधन चल्न दिइएको छैन। यातायात व्यवसायी, मृतकका आफन्त र स्थानीय प्रशासनबीच शुक्रबार २ पटक छलफलमा भए पनि कुनै सहमति भएन।

शनिबार पनि बसेको पहिलो चरणको छलफल बिना निष्कर्ष टुंगिएपछि बाध्य भएर राजमार्ग अवरुद्ध पारेको मृतकका आफन्त इन्द्र चौधरीले बताए। दोषीलाई कारबाही गर्नुपर्ने माग उनीहरुको छ। 

राजमार्ग अवरुद्ध गर्दा प्रहरीले स्थानीयमाथि लाठीचार्ज गरेको चौधरीले बताए। राजमार्ग अवरुद्ध हुँदा सयौ सवारीसाधन अपलपत्र परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।