काठमाडौं- बाजुरामा एक सुत्केरी महिलाको स्वास्थ्य संस्थामै ज्यान गएको छ।
जिल्लाको त्रिवेणी नगरपालिकामा–१ का सुनिल दमाईकी पत्नी रजिया दमाईको स्वास्थ्य संस्थामै ज्यान गएको प्रहरीले जनाएको छ।
सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ आफन्तहरुले नजिकैको छतारा स्वास्थ्य चौकीमा पुर्याएको र बच्चा जन्मिएको करिब ५ घन्टापछि सुत्केरीको ज्यान गएको प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।
स्वास्थ्य चौकीमा रजियाले जिवितै छोरा जन्माएकी र शिशु जिवितै रहेको ढुंगानाले बताए ।
रगतको अभावले नै उनको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४