बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अमेरिका जान चाहनेको लर्को, एक महिनामा २१ हजार बढीले राहदानी बनाए 

अमेरिका जान चाहनेको लर्को, एक महिनामा २१ हजार बढीले राहदानी बनाए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अमेरिकी सरकारले अमेरिकामा स्थायी बसोबास गर्न पाइने डीभी (डाइभर्सिटी भिसा चिठ्ठा) का लागि आवेदन फारम खुलाएलगत्तै नेपालमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ ।

अमेरीकाले यस वर्षबाट डीभी फारम भर्नका लागि राहदानी अनिवार्य गरेपछि एक महिनामै राहदानी बनाउनेको संख्या २१ हजार नाघिसकेको छ । 

शुक्रबार मकवानपुरका विशाल वाइवा पनि राहदानी लिन परराष्ट्रमन्त्रालय पुगेका थिए । ३३ वर्षीय वाइवाले डीभी आवेदनकै लागि राहदानी बनाएको बताए । त्यस्तै काठमाडौंकै आशिष श्रेष्ठले पनि रु. दश हजार तिरेर राहदानी बनाएका छन् । 

राहदानी विभागका सूचना अधिकारी तीर्थराज अर्यालका अनुसार असोज १५ गतेदेखि कार्तिक ८ गतेसम्म २१ जार ६७५ जनाले राहदानी बनाइसकेका छन् । दशैं र तिहारकोबीचमा मात्रै १९ हजार ८२० जनाले राहदानी बनाएको उनले जानकारी दिए । 

डीभी फारम भर्ने समय सकिनै लाग्दा अहिले भने राहदानी विभागमा घुँइचो केही कम भएको छ । डीभी चिठ्ठाका लागि आवेदन दिने म्याद कार्तिक १९ गतेसम्म तोकिएको छ । 

दैनिक ६ सयको हाराहारीमा राहदानी बनाउने विभागले चालु एक महिनाको अवधिमा दैनिक २ हजार भन्दा बढी राहदानी वितरण गरेको थियो । 

सूचना अधिकारी अर्याल भन्छन्, ‘राहदानी बनाउनुको कारण नसोधिने हुँदा डीभी चिठ्ठाकै लागि राहदानी बनाइएको हो भन्न त मिल्दैन, तर एक्कासी राहदानी बनाउनेहरुको संख्या बढ्नुले त्यस्तै संकेत गर्छ ।’ उसो त दशैं विदामा आफ्नो गृह जिल्ला गएकाहरुले त्यसबेला सिफारिस लिएर आउने हुँदा दशैंपछिको अवधिमा राहदानी बनाउनेको संख्या बढेको हुनसक्ने उनको अनुमान छ ।  

गोरखाबाट पासपोर्ट बनाउनकै लागि आएकी सीता आचार्य भन्छिन्, “जिल्लामा पाँच हजार रुपैयाँमै पासपोर्ट बनाउन सकिन्छ तर, एक महिनाको समय लाग्छ । डीभी भर्ने म्याद धेरै दिन बाँकी नरहेकाले १२ हजार रुपैयाँ तिरेर विभागबाटै राहदानी लिन आएकी छु ।’

सामान्यतया राहदानी बनाउन विभागले एक महिनाको समयावधि तोकेको हुन्छ । तर मानिसहरुलाई हतार भएको खण्डमा छिट्टै राहदानी बनाउने व्यवस्था छ । विभागका अनुसार ५ हजार रुपैयाँ तिरेर राहदानी बनाउने हो भने एक महिना लाग्छ । त्यस्तै १० हजार रुपैयाँ तिरेर तीन दिनमा राहदानी बनाउन सकिन्छ भने १२ हजार रुपैयाँ तिरेर दुई दिनमा र १५ हजार रुपैयाँ तिरे एक दिनमै राहदानी बनाउन सकिन्छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।