शनिबार, वैशाख ८, २०८१

कार्यकर्ता पक्राउको तरुण दलद्वारा विरोध 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल तरुण दलले बाँकेको नेपालगन्जमा कार्यकर्ता पक्राउको विरोध जनाएको छ।
 
तरुण दलले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको विरोध गरेको हो।

“लोकतन्त्रवादी तरुणहरूलाई विभिन्न झुठा बहानामा पक्राउ गरी फसाउने र दुःख दिने वर्तमान आसिष्ट कम्युनिस्ट सरकार र यसका भ्रष्ट प्रहरीको निरन्तरता स्वरूप भएको तरुण नेता सन्दीपजंग शाह लगायत पक्राउको घटनाको नेपाल तरुण दल केन्द्रीय समिति घोर निन्दा र भत्र्सना गर्छ,” तरुण दलका अध्यक्ष जितजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

तरुण दलले पक्राउ परेकालाई तत्काल रिहा गर्न, निर्दाेष तरुण नेतालाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने षडयन्त्रकारी प्रहरीलाई हदैसम्मको कारवाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिंगर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ। 

प्रहरीले गत बिहीबार नेपालगन्जको नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा१८च ४२११ को कारमा लुकाइएको अवस्थामा अमेरिकन बुलेट लोडेड पेस्तोलसहित तरुण दलका नगर सभापति सन्दीपजंग शाहसहित ६ तरुण कार्यकर्तालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा दिनेशकुमारी शाही, राधव शाह, प्रितम थापा, माधव नेपाली र यामबहादुर बुढा रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।