बिहीबार, वैशाख १३, २०८१

तरुण दलका नगर सभापति हतियारसहित पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- नेपाली कांग्रेसको भातृ संगठन तरुण दल नेपालगन्जका नगर सभापति सन्दीपजंग शाह हतियारसहित पक्राउ परेका छन्।

सभापति शाहको बा१८च ४२११ को कार चेकजाँच गर्ने क्रममा बिहीबार राति उक्त हतियार फेला परेको कोहलपुर प्रहरीले जनाएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको उक्त कारमा हतियार भएको सूचना पाएपछि चेकजाँच गर्दा चालक बस्ने सिटको मुनि लुकाइ राखेको अवस्थामा अमेरिकन बुलेट लोडेड पेस्तोल बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

३२ वर्षीय शाह नेपालगन्ज उपमहानगरपालिका-१३, रामबाघका वासिन्दा हुन्। 

प्रहरीले शाहसहित दिनेश शाही, राघव शाह ‘सानु’ , माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगरलाई पक्राउ गरेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।