शुक्रबार, वैशाख १४, २०८१

अझै हटेन कृष्णनगरमा लगाइएको कर्फ्यू 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- कपिलवस्तुको कृष्णनगरमा हिजो (बिहीबार)देखि लागेको अनिश्चितकालिन कर्फ्यू आदेश आज (शुक्रबार) पनि जारी राखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नहुँदासम्मको लागि भन्दै लगाएको कर्फ्यू अझैसम्म कायमै रहेको हो । निषेधाज्ञा लगाएपछि निषेधाज्ञा हटाइएको सूचना जारी गरेको छैन।
 
तिहारको लक्ष्मीपूजाको लागि स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जनको क्रममा उपन्न विवाद पछिको अवस्था नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। 

लक्ष्मीको मुर्ति विसर्जन गर्ने क्रममा हिजो एकजनाको मृत्यु भएको थियो । यद्यपि प्रशासनले राति नै सुरक्षा समितिको बैठक बसालि राती नै प्रहरी लगाएर मुर्ति भने विर्सजन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।

लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिदा प्रहरीको गोली चलाउँदा २० वर्षीय सुरज कुमार पाण्डेको मृत्यु भएको छ। शव पोस्टमार्टमका लागि तौलिहवा अस्पातालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दीप शम्सेर जबराले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।