बुधबार, वैशाख १२, २०८१

छठमा किनमेल गर्नेको भीड, अकासियो केराको मूल्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- राष्ट्रिय पर्व बन्दै गएको छठ पर्व बिहीबारदेखि सुरु भएको छ। सन्ध्याकालीन अर्घ शनिबार रहे पनि छठको तयारीले तिव्रता लिएको छ।

छठका लागि किनमेल गर्नेको जनकपुरसहित ग्रामीण क्षेत्रका बजारहरुमा भीडभाड बढेको छ।

ढकना (माटोले तयार पारिएको भाँडो), गाग्री, नाङ्लोलगायतका समाग्री खरिद गर्नेहरुका बजारमा घुइँचो छ। शुक्रबार हुने खरनाबाट प्रयोग हुने केराको माग बजारमा सबैभन्दा बढी देखिएको छ।

छठ पर्वका लागि केरा सबैभन्दा महत्वपूर्ण मानिएको केराको मूल्य अकाशिएपछि छठ ब्रतालुहरु कठिनाइमा परेका छन्।

ब्रतालुहरुका अनुसार गत वर्षभन्दा केराको मूल्य दुई/तीन गुणा वृद्धि भएको छ। गत वर्ष तीन सयदेखि पाँच सय रुपैयाँमा पाइएको केराको घाडीको मूल्य हजारभन्दा बढी रहेको उनीहरु बताउँछन्। छठ पर्वमा भाकलअनुसार अधिकांशले केराको घाडीले पूजा गर्ने गर्दछन्।

छठ पूजामा केरा आवश्यक रहेकोले दोब्बर मूल्य तिरेर पनि खरिद गर्नु परेको जनकपुरधाम–४ का मीरा कर्णले बताइन्। केही दिनअघिसम्म दर्जनको ३०÷४० रुपैयाँमा पाइने केरा अहिले ८० देखि रुपैयाँमा पाउने गरेको उनले बताइन्।

छठ पर्वमा केराको अत्याधिक माग हुने गरेकोले जनकपुरको विभित्र स्थानमा बजार लगाइएको छ। रामानन्द चोक, भैरव चोक, जिरोमाइललगायतका स्थानमा केराको मात्रै बजार सञ्चालन गरिएको छ।तर विगतका वर्षहरु भन्दा यसवर्ष केराको बजारपनि कमै देखिएको ब्रतालुहरु बताउँछन्। उनीहरुका अनुसार मागअनुसार आपूर्ति हुन नसक्दा केराको मूल्य वृद्धि भएको हो। 

छठ पर्वमा विभित्र प्रजातिका केरा नेपाल तथा भारतबाट आयात हुँदै आएको छ। फुलफूल व्यवसायीहरुले जनाएअनुसार छठ पर्वमात्र नभएर अन्य समयमा पनि नेपालभन्दा बढी भारतबाट केरा आयात हुने गर्दछ।

गत वर्षको तुलनामा यस वर्ष केराको मूल्यमा वृद्धि देखिएको फलफूल व्यवसायीहरुले स्वीकारेका छन्। महंगोमा खरिद गर्नुका साथै मागअनुसार आयात हुन नसक्दा केराको मूल्यमा वृद्धि भएको फलफूल व्यवसायीहरुको भनाइ छ।

जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव रवीन्द्रकुमार साहले मागअनुसार आपूर्ति हुन नसकेपछि केराको मूल्यवृद्धि भएको बताए।

छठ पर्वमा जनकपुरसहित धनुषाका अन्य बजारका लागि १ सय ५० ट्रकभन्दा बढी केराको माग रहेपनि त्यसअनुसार आपूर्ति हुन नसकेको उनको भनाइ छ। साहका अनुसार यस वर्ष छठको लागि धनुषामा ८० ट्रक केरामात्र आयात भएको छ।

विषादी चेकजाँच गरी मात्रै खाद्यात्र भित्र्याउन सकिने प्रावधान लागू भएपछि सर्लाहीको नवलपुर हुँदै जनकपुरसम्म केरा आयात हुने गरेको छ। चेकजाँच प्रक्रिया पुरा गर्न दुई/तीन लाग्नुका साथै चर्को भन्सार तिर्नुपरेकोले केराको मूल्यमा वृद्धि भएको फलफूल संघले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।