कपिलवस्तु- कपिलवस्तुमा विहीबार गोली लागेर ज्यान गुमाएका व्यक्ति भारतीय नागरिक भएको खुलेको छ।
कर्फ्यु लागेको समयमा बिहान करिव पौने १२ बजेतिर ज्यान गुमाएका सुरजकुमार पाण्डे भारत सिदार्थनगर बरनीस्थित मुडिला गाउँको बासिन्दा भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर जबराले पाण्डे भारतीय नागरिक भएको खुलेको बताए।
उनले प्रहरीले नै चलाएको गोलीबाट ज्यान गएको भन्ने नखुलेको भन्दै घटनामा घुसपैठको आशंका गरे।
‘घटनास्थल र प्रहरीले हवाईफयर गरेको स्थान करिव डेढ–दुई सय मिटको दूरीमा छ’ हवाईफायर गरेको गोली त्यति टाढा गएर लाग्नु असम्भव छ’, जबराले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’
प्रदर्शनकारीको प्रहारबाट पाँच जना प्रहरी र त्यतिकै संख्यामा स्थानीयसमेत घाइते भएको जबरो जानकारी दिए। कृष्णनगरमा बिहान ११ बजे देखि प्रशासनले अनिश्चितकालिन कर्फ्यु लगाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४