शुक्रबार, वैशाख ७, २०८१

पोखरा–मुग्लिन सडक ४ लेन बनाउन एडीबीको २२ अर्ब ऋण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पोखरा-मुग्लिन सडकलाई चार लेनको बनाउन एसियाली विकास बैंक (एडीबी) ले १९ करोड ५० लाख डलर (२२ अर्ब तीन करोड नेपाली रुपैयाँ बराबर) को ऋण दिने भएको छ ।

बुधबार बसेको एडीबीको बैठकले नेपालको सो सडक खण्डको स्तारोन्नतिको लागि सहुलीयत ऋण दिने जनाएको हो ।

सो सडक खण्ड चार लेनको बनाउन रु. २८ अर्ब ७० लाख अर्थात् (२० करोड ५४ लाख डलर) लाग्ने भए पनि बाँकी ६ अर्ब रुपैयाँ भने नेपाल सरकारले व्योहोर्ने एडीबीले जनाएको छ । सो योजना सन् २०२५ सम्ममा सम्पन्न गरिसक्नुपर्नेछ । 

यो सडक भारत र बंगलादेश जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको र चार लेनको भएपछि नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने एडीबीले जनाएको छ । 

एडीबीका यातायात विशेषज्ञ जोहान जियोगेटका अनुसार सो सडक चार लेनको भएपछि पोखराबाट मुख्य राजमार्गसँग जोडिने सडकको ट्राफिक क्षमता, विश्वसनियता र सुरक्षा बढाउने छ । 

जियोगेटले भने, ‘राजमार्ग चार लेनमा विस्तार भएपछि यात्रा अबधि र खर्च घटाउने छ। स्थानीय बजारको पहुँचमा सुधार हुनेछ रोजगारी र सामाजिक सेवामा समेत सहयोग पुर्याउनेछ।’

मुग्लिन–पोखरा चार लेनको बनाउन लागिएको भए पनि पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरा चार लेनमा विस्तार हुनेछ भने दोस्रो चरणमा मुग्लिन आबुखैरेनी खण्डमा काम हुनेछ।

साथै एडीबीको पाँच करोड ६५ लाख बराबरको प्राविधिक अनुदान सहयोगले आपत्कालीन जोखिम न्युनिकरण, पहिरो व्यावस्थापनमा सहयोग पुर्याउनेछ । यो सडक विस्तार पुरा भएसँगै पोखरासम्म पुग्न सहज सडक संजाल निर्माण हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्