शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मूर्ति विसर्जन विवादपछि कपिलवस्तुमा झडप, १ को ज्यान गयो

मूर्ति विसर्जन विवादपछि कपिलवस्तुमा झडप, १ को ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरमा लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा उत्पन्न विवादपछि दुई समुदायबीच झडप हुँदा बिहीबार एकको ज्यान गएको छ। 

ज्यान गुमाउनेमा २० वर्षीय सुरजकुमार पाण्डे छन्। यद्यपि, प्रहरीले भने मृतकको नाम पुष्टि गरेको छैन। 

कर्फ्यू अवज्ञा गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर पाण्डेको ज्यान गएको स्थानीयले बताएका छन्। 

जिल्ला प्रशासन कार्यालयले विहान ११ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले स्थिति अनियन्त्रित बनेपछि कर्फ्यू लगाइएकोे बताए। 

झडपमा केही स्थानीय र प्रहरी घाइते भएका छन्। 

कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ सात सय मिटर, पश्चिमतर्फ सात सय मिटर, पूर्वतर्फ तीन सय मिटरमा कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ। 



प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर जवराले बताए।   

बुधबार साँझ कृष्णनगर नगरपालिकाका वडा नम्बर १, २ र ३ का १३ लक्ष्मीका मूर्ति विसर्जन गर्ने कार्यक्रम थियो। प्रहरीका अनुसार साँझ साढे ६ बजे कृष्णनगर नगरपालिका–२ झण्डेनगरमा मूर्ति भएको गाडी स्थानीयले रोक्न खोजेका थिए। 

त्यही विषयमा विवाद हुँदा दुवै पक्षबीच ढुंगा हानाहानसमेत भएको थियो। 

प्रहरीका अनुसार बुधबार साँझ स्थिति नियन्त्रणमा लिन २० सेल अश्रुग्यास प्रहार गरिएको थियो। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।