बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जम्मु-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाख छुट्टै भूभाग

जम्मु-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाख छुट्टै भूभाग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नयाँदिल्ली : भारतको जम्मु-कश्मीर राज्यलाई बिहीबारदेखि औपचारिक रुपमा दुईवटा केन्द्र शासित भूभागमा विभाजन गरिएको छ।

गत अगस्टमा भारत सरकारले गरेको निर्णयबमोजिम यस्तो विभाजन भएको हो।  भारत सरकारले जम्मु-कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरेर त्यसलाई दुईवटा केन्द्रशासित भूभागमा परिणत गरिदिएको थियो। उक्त निर्णयअनुसार अब जम्मु–कश्मीर एउटा र लद्दाख अर्को केन्द्रशासित भूभाग बनेका छन्।

पहिले जम्मु-कश्मीर राज्यकै भाग रहेको बौद्धमार्गीको बाहुल्य भएको लद्दाख क्षेत्र बिहीबारदेखि छुट्टै एकाइ बनेको छ।

केन्द्रशासित क्षेत्रहरूसँग निकै कम स्वायत्तता हुन्छ। यी परिवर्तनले ती क्षेत्रमा दिल्लीको नियन्त्रण थप कसिलो बनाउनेछ। जम्मु-कश्मीर राज्यको करिब ९८ प्रतिशत जनसंख्या केन्द्रशासित जम्मु-कश्मीर भूभागमै रहनेछन्।

त्यसमा खासगरी दुईवटा क्षेत्र हुनेछन्। मुसलमानबहुल कश्मीर उपत्यकामा ८० लाख जनसंख्या छ भने हिन्दू बहुल जम्मुमा ६० लाख जनसंख्या छ।

लद्दाख निकै उचाइमा रहेको ठाउँ हो। त्यहाँ तीन लाख मानिस छन् जसमध्ये मुसलमान र बौद्धमार्गी लगभग बराबर छन्।

सरकारका अनुसार पुरानो राज्य सरकारका कर्मचारीले आफ्ना साविकका काम नयाँ क्षेत्रमा गर्नेछन्। अगस्टमा भारत सरकारले गरेको निर्णयपछि कश्मीरमा निकै तनाव चर्किएको छ।

मङ्गलबार कश्मीरमा सन्दिग्ध पृथक्तावादी विद्रोहीहरूले कम्तीमा पाँचजना निर्माण मजदुरहरूलाई गोली हानी मारिदिएका थिए । ती  मजदुर पश्चिम बंगाल राज्यका थिए।

केही समययता कश्मीरमा बाहिरबाट आएर बसेका मानिसविरुद्ध आक्रमणको क्रम बढेको छ।

यस्तो छ भारत-पाकिस्तान विभाजनपछिका महत्त्वपूर्ण घटना
* सन् १९४७ : भारत र पाकिस्तान विभाजन

* अक्टोबर १९४७ :  भारत र पाकिस्तानबीच पहिलो युद्ध

* अगस्ट १९६५ : कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को युद्ध

* डिसेम्बर १९७१ : भारतद्वारा पूर्वी पाकिस्तान ९वर्तमान बाङ्ग्लादेश० मा अतिक्रमण। बंगलादेश स्थापनासँगै युद्ध अन्त्य

* सन् १९८९ : कश्मीरमा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी

* फेब्रुअरी १९९९ : भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान

* मे १९९९ : पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा। 

* मे २००१ : भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता।

* अक्टोबर २००१ : श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण, ३८ जनाको मृत्यु

* १३ डिसेम्बर २००१ : दिल्लीस्थित भारतीय संसद्‌मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु

* फेब्रुअरी २००७ : भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट। ६८ जनाको मृत्यु

* २६ नोभेम्बर २००८ : विद्रोहीद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेसन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण, ६० घण्टे घटनामा १६६ जनाको मृत्यु।

* जनवरी २०१६ : पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनिक र ६ विद्रोहीको मृत्यु

* १८ सेप्टेम्बर २०१६ : भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला। १९ सैनिकको मृत्यु

* ३० सेप्टेम्बर २०१६ : भारतद्वारा पाकिस्तानी कश्मीरमा सैन्य कारबाही 

* १४ फेब्रुअरी २०१९ : कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट, ४० भन्दा धेरैको मृत्यु। 

* २६ फेब्रुअरी २०१९ : भारत-पाकिस्तान सीमा उल्लंघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण

* ५ अगस्ट २०१९ : भारतद्वारा भारत प्रशासित जम्मु–कश्मीर राज्यलाई दिइएको संवैधानिक मान्यता खारेज।

-बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।