काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीमा कप्तानमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।
पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गरी संघले नयाँ कप्तानमा मल्ललाई छनोट गरेको हो । त्यसैगरी उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीले पाएका छन् ।
क्रिकेट संघको निलम्बन फुकुवा भएलगत्तै कप्तान पद छाड्ने घोषणा गरेका खड्काले गत आइतबार राजीनामा बुझाएका थिए ।
मल्ल यसअघि राष्ट्रिय टोलीको उपकप्तान थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४