बिहीबार, वैशाख ६, २०८१

भाइटीका महोत्सवमा ३० विदेशी सहभागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
पोखरा : पश्चिमाञ्चल होटल सङ्घले यहाँ आयोजना गरेको १३औँ भाइटीका महोत्सवमा ३० पर्यटकले सहभागिता जनाएका छन्। लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए।
नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सङ्घले बर्सेनि उक्त महोत्सव गर्दै आएकामा यस वर्ष १३औँ संस्करणको महोत्सव गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
    
स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचारा अभिवृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई पहिचान गराउने उद्देश्यले महोत्सव  आयोजना गरिएको उनले बताए।

नेपाली परम्परानुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्ने र सेलरोटीलगायत अन्य परिकार खाने खुवाउने कार्यक्रमलाई महोत्सवमा समेटिएको थियो। संस्कृति बचाऔं, पर्यटन प्रवद्र्धन गरौं भन्ने मूलनाराका साथ आयोजित सो महोत्सवमा पर्यटकले १५ अमेरिकी डलर तिरेर सहभागिता जनाएका थिए।

महोत्सवको निरन्तरताका कारण पछिल्ला वर्ष पर्यटक दोहोर्याएरसमेत टीका लगाउन पोखरा आउन थालेको महोत्सवका संयोजक दीपक श्रेष्ठले बताए । महोत्सव पर्यटकका लागि नयाँ कार्यक्रमसमेत बन्न थालेको सङ्घका महासचिव गणेशराज पहारीले बताए।  महोत्सवमा सहभागी जर्मन नागरिक थिलो जिम्नीले आफू यो महोत्सवमा दोस्रो पटक सहभागी भएको बताउँदै यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरे।  -रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।