शुक्रबार, वैशाख ७, २०८१

प्रधामन्त्री अस्वस्थ: ग्रान्डी अस्पताल लगियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । 

उपचारका लागि उनलाई ग्रान्डी अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।  उनका अनुसार प्रधामन्त्रीलाई नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो । 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बेला बेला समस्या आउने गरेको छ ।

भारत र बैंककमा स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओली गत १८ साउनमा सिंगापुर गएका थिए। सिंगापुरमा उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो।

स्वास्थ्य परीक्षण गराएर २७ साउनमा मात्रै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई ३० साउनमै  समस्या देखिएपछि उनी फेरि भदौ ४ गते  सिंगापुर प्रस्थान गरेका थिए। १६ दिन लामो सिंगापुर बसाइ सकेर प्रधानमन्त्री केपी शर्मा ओली २० गते स्वदेश फर्किएका हुन्।

ग्राण्डीमा प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धी विभिन्न परीक्षण भइरहेको बुझिए पनि उनलाई के भएको हो भन्ने अस्पतालले खुलाएको छैन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।