काठमाडौं- भारत प्रशासित कश्मीरमा स्थानीय पाँच मजदुरको हत्या भएको छ ।
कुलगाम जिल्लाको कातरसु गाउँमा मंगलबार राति चरमपन्थीले स्थानीय पाँच जनाको हत्या गरेको कस्मिर प्रहरीले जनाएको छ ।
चरमपन्थीले घरमै पसेर उनीहरुको हत्या गरेको कश्मीर प्रहरीले ट्विटमार्फत जनाएको छ । घटनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
जम्मु–कश्मीरको अवस्था बुझ्न युरोपियन सांसदको समूह स्थलगत निरीक्षणमा रहेका बेला यो घटना भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४