काठमाडौं- १८ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृतले मंगलबार उनलाई पक्राउ गरेको हो।
किशोरीले सोमबार राति प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको बताएकी थिइन्। त्यसपछि राईलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। राईले गोकर्णेश्वर–६ माकलबारीस्थित साथीको कोठमा लगी बलात्कार गरेको किशोरीको भनाइ उध्दृत गर्दै प्रहरीले जनाएको छ।
किशोरीको स्वास्थ्य परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४