शनिबार, वैशाख ८, २०८१

जिपबाट खसेर एक जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बैतडी- जिपबाट खसेर  एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका  १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए।

आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा सवार चन्द खसेर घाइते भएका थिए।

उनको सोमबार मृत्यु भएको हो। जिपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द  खसेर घाइते भएको खडायतले बताए।

घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताए।

यसैबीच भीमदत्त राजमार्ग अन्तरगत बैतडीकाे आलिताल गाउँपालिका- १ मेलखर्कमा दुइवटा बस ठाेक्किँदा ५ जना घाइते भएका छन्।

बैतडीबाट महेन्द्रनगर आउदै गरेको महाकाली यातायातको ना ५ ख ३४८८ नम्बरको बसलाई धनगढी आउदै गरेको पवनदुत यातायातको ना ६ ख ९६७२ नम्बरको बसले पछाडीबाट  ठक्कर दिँदा पाँचजना समान्य घाइते भएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।