शुक्रबार, वैशाख ७, २०८१

दार्चुला बाढीपहिरो : तीनको मृत्यु, दुई बेपत्ता

दार्चुलामा बाढीपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। आइतबार राति आएको बाढीपहिरोमा परेर दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका हुन्।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

धनगढी- दार्चुलामा बाढीपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। आइतबार राति आएको बाढीपहिरोमा परेर दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका हुन्।

triton college

बाढीपहिरोले जिल्लाको दुहँ गाउँपालिका र महाकाली नगरपालिकामा भौतिक क्षति समेत गरेको छ। पहिरोले घर पुरिँदा दुहँ गाउँपालिका–१ बासपालिकाका नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ।

सुतिरहेको अवस्थामा राति घरमाथिबाट खसेको पहिरामा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए। 

सोही गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले बगाउँदा मनुवा डडालको मृत्यु भएको छ। राति १० बजेतिर कालागाड खोलामा आएको बाढीले उनलाई घरैसहित बगाएको प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।

स्थानीय लोकेन्द्रबहादुर बमका अनुसार दुहुँ गाउँपालिका–१, पिपलचौरीमा दुई वटा घर पूर्ण रुपमा क्षति भएको छ भने २५ बढी घर पहिरोको उच्च जोखिममा छन्। वडा नम्बर २ को सिमार खोला १८ किलोवाट, वडा नम्बर ५ को कालागाड ३४ किलोवाट र कालागाड दोस्रो ४० किलोवाट जलविद्यूतमा समेत क्षति पुगेको बमले बताए। बाढीले ५ वटा झोलुङ्गे पुल र आधा दर्जन बढी पानी घट्ट समेत बगाएको उनले बताए।

corrent noodles
Metro Mart

सोही गाउँपालिका वडा नम्बर ३ निजाङगाडमा बाढीले बगाउँदा दुई जना बेपत्ता हुन्। निजाङगाड खोलाको बाढीले बगाउँदा शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको स्थानीय दिलिपसिंह कार्कीले बताए। सोही खोलाले दार्चुला–तिंकर सडक खण्ड अन्तर्गत मोटरेबल पुल, दुई वटा झोलुङ्गे पुल, आधा दर्जन घर तथा पसल समेत बगाएको दिलिपसिंह कार्कीले बताए।पुल बगेपछि दुहुँ र व्याँस गाउँपालिकाबीच सम्पर्कविच्छेद भएको उनले बताए। निजाङगाड खोलाले वडा नम्बर ३ श्रीवगडका पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दिपक बम, रणबहादुर बम, धिरेन्द्र बम र शेरबहादुर बमको घर बगाएको बताइएको छ।

यस्तै, महाकाली नगरपालिका–१ श्रीबगडका देवबहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जीतबहादुर बमको होटल तथा पसल बगाएको छ।

निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ। राति २ बजेबाट आएको बाढीले श्रीबगड क्षेत्रका खेतबारी समेत ठूलो नोक्सान गरेको बताइएको छ।

अपि हिमाल गाउँपालिकामा बाढिले तीन वटा पुल बगाएको छ।गएको राति अविरल वर्षाका कारण आएको बाढीले गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ६ मा पुल बगाएको छ।

रिगुर खोलामा आएको बाढीले ककनाडी र चौकीबगडमा रहेको झोलुङ्गे पुल बगाएको वडा अध्यक्ष गामसिह धामीले बताए। पुल बगाएपछि आवतजावतमा समस्या भएको उनले बताए।वडा नम्बर १ मा रहेको काठे पुल समेत बाढीले बगाएको उनले बताए।

बाढीले निर्माणाधीन ४० मेगावाट क्षमताको अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइडमा चमेलिया नदीले क्षति पुगाएको छ। अपि गाउँपालिकाको ओखल नजिकै निर्माण भइरहेको ड्याम क्षेत्रमा पूरै बालुवा माटो भरिएको छ भने निर्माणस्थलमा रहेका स्काभेटर, टयाक्टर, र निर्माण सामग्रीमा समेत क्षति पुगेको प्रहरी नायव उपरीक्षक भट्टले बताए।

खानेपानीको हाहाकार

निजाङगाड खोलाले खानेपानीको मुहान र पाइप बगाए पछि श्रीवगड क्षेत्रमा खानेपानीको हाहाकार भएको छ। वानाला खानेपानी योजनाबाट महाकाली नगरपालिका–१ श्रीवगड र दुहुँ गाउँपालिका–३ श्रीवगडमा खानेपानी ल्याइएको थियो।

महाकाली नगरपालिकाको श्रीवगडमा ४० परिवारको बसोबास छ भने दुहुँको श्रीवगडमा १५ परिवार बस्दै आएको स्थानीय मानबहादुर बमले बताए। मुहान र पाइपलाइन बगाएपछि गाउँमा पानीको हाहाकार भएको बमले बताए।पानी नहुँदा खाना पकाउँन समेत समस्या भएको उनले बताए। 

पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। दुहुँ गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो। उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ। 

प्रकाशित: Aug 30, 2021| 21:30 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।