बिहीबार, वैशाख १३, २०८१

जुवाडे, मदिरा र विप्लव समूहमाथि प्रहरीको निगरानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत– तिहार शुरु भएसँगै कर्णाली प्रदेशमा प्रहरीले जुवाडे, घरेलु मदिरा र विप्लव समूहमाथि निगरानी बढाएको जनाएको छ । 

तिहारको बेला जुवातासमा ठूलो रकमको होडबाजी हुने, अपराध बढ्ने भएकाले जुवा खेलाइने सम्भावित स्थान र जुवा खेल्ने– खेलाउनेमाथि निगरानी बढाइएको कर्णाली प्रदेशका डीआइजी पूर्णचन्द्र जोशीले बताए । 

“सहरमा पक्राउ पर्ने डरले ठूलो रकम बोकेर जुवाडेहरु गाउँ पसेका छन्,” डीआइजी जोशीले भने “तीन हजार जनशक्तिमध्ये आधा प्रहरी जुवाडे र घरेलु मदिरा नियन्त्रणमा केन्द्रीत छ ।” तिहारमा रातको समयमा देउसी–भैलो खेलिने र राति नै अपराधिक गतिविधि हुने भएकाले देउसो भैलो खेल्नेलाई सावधान रहन पनि उनले आग्रह गरेका छन् । 

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णालीका १० वटै जिल्लामा प्रहरीले तिहार लक्षित विशेष सुरक्षा योजना लागू गरेको हो । सुरक्षा रणनीति अनुसार प्रहरीले ग्रामीण वस्तीमा गस्ती बढाउनुका साथै सादा पोशाकमा समेत प्रहरी खटाएको छ । 

तिहारमा पटका पड्काउन पनि प्रहरीले रोक लागाइएको छ । पटका पटकाउँदा आगलागीको सम्भावना हुने, विस्फोटले शारीरिक क्षति पु¥याउनुका साथै प्रदूषण पनि बढाउने भएकाले पटाका पड्काउन रोक लगाइएको प्रहरीले जनाएको छ । 

विप्लव समूहमाथि निगरानी

यस्तै तिहारको रमझममा सबै व्यस्त भएको मौका पारेर विप्लव समूहले हिंसात्मक घटना गराउन सक्ने भन्दै प्रहरीले त्यस्ता घटना हुन नदिन विशेष सतर्कता अपनाइएको पनि जनाएको छ । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता कार्यकर्ता तिहारका बेला गाउँ आएको हुनसक्ने भन्दै जाजरकोट प्रहरीले गाउँगाउँमा निगरानी बढाएको छ । 

जिल्लामा विप्लवका कार्यकर्ताले सत्तारुढ नेकपाका कार्यकर्ताहरुलाई कुटपिट गर्ने र ज्यान लिने धम्कीसहित गाउँ पस्न नदिएपछि प्रहरी गाउँ पसेको हो ।

“प्रहरीको एउटा टोली विप्लवका कार्यकर्ता खोज्न गाउँ पसेको छ,” जाजरकोटका डीएसपी श्यामबहादुर खत्रीले भने, “विप्लव समूहका कारण ग्रामीण वस्तीमा नागरिकहरुले असुरक्षा महशुस गरेपछि हामीले गाउँमा सक्रियता बढाएका छौं ।”

बुधवार मात्रै विप्लव समूहले जाजरकोटका नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरबहादुर सिंहमाथि आक्रमण गरेको थियो । 

बारेकोटको लैखम नजिकैको भीरमा विप्लवका कार्यकर्ताले आचार्य र सिंहमाथि आक्रमण गरेका थिए । 

पटका र घरेलु मदिरामा कडाइ

कालिकोटका डीएसपी श्यामबाबु ओलीले तिहारमा मदिरा सेवन गरेकै कारण झैझगडा हुने भएकाले त्यसलाई नियन्त्रण गर्न अभियान नै थालिएको बताएका छन् । 

यस्तै दैलेखका डीएसपी हरिबहादुर वली र जुम्लाका डिएसपी लालबहादुर धामीले पनि जिल्लामा मदिरा नियन्त्रण अभियान थालेको बताए । 

दैलेख र जुम्लामा पटकका नियन्त्रणका लागि ठाउँठाउँमा चेकजाँच र बजार अनुगमनलाई तीव्रता दिइएको छ । यस्तै जाजरकोट, सल्यान र रुकुमपश्चिम लगायतका जिल्लामा पनि घरेलु मदिरा नियन्त्रणको अभियानलाई तीब्र पारिएको छ । 

नौ बजेपछि देउसी–भैलो खेल्न नपाइने 

तिहारमा हुने सम्भावित अपराध र अप्रिय घटनाहरु रोक्न प्रहरीले रातिमा देउसी–भैलो खेल्न प्रतिबन्ध लगाएको छ । कर्णालीका सुर्खेत र कालिकोटमा जिल्ला सुरक्षा समितिले राति नौ बजेपछि देउसी र भैलो खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । तर जुम्ला, दैलेख, जाजरकोट सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु र हुम्लामा भने राति १० बजेसम्म देउसी–भैलो खेल्न पाइनेछ । 

सुर्खेतमा भने प्रहरीले तिहारमा घर नछोड्न अनुरोध गरेको छ । तिहारमा चोरीडकैतीका घटनाहरु बृद्धि भइरहेको जानकारी दिँदै सुर्खेतका एसपी डिल्लीराज पन्तले सकेसम्म घर नछोड्न र घर छोड्नै परे छिमेकीलाई रेखदेको जिम्मा दिन अनुरोध गरे । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।