काठमाडौं- रुपन्देहीमा भारतीय नम्बर प्लेटको ट्रकसँग मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो एनएलओएलबी ४७०८ नम्बरको भारतीय लरी ट्रकमा लु४७प ८९०५ नम्बरको मोटरसाइकल ठोक्किदा स्थानीय बलिराम शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल लरीमा ठोक्किँदा आचनक आगलागी भएको र शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए।
उनकाअनुसार मोटरसाइकलको पछाडि बस्ने आकाश गुप्ता घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
खत्रीका अनुसार मोटरसाइल ठोक्कएपछि ट्रक र मोटरसाइकल दुबैमा आगो लागेको थियो। उनले आगलागीबाट जलेर मोटरसाईकल पूर्ण रुपमा नष्ट भएको र ट्रकको पछिल्लो केही भाग जलेको जानकारी दिए।
अहिले आगो प्रहरीले पूर्ण रुपमा नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४