काठमाडौं- इराकको राजधानी बगदादमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा ४० जनाको ज्यान गएको छ।
तीमध्ये दुई जनाको सुरक्षाकर्मीले प्रहार गरेको अश्रु ग्यासबाट ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसअघि केही दिनअघि भएको प्रदर्शनमा १०० जनाको ज्यान गएको थियो भने २०० घाइते भएका थिए।
देशमा रोजगार व्यवस्था, सार्वजनिक सेवा सुधार तथा भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै केही दिनदेखि इराकमा प्रदर्शन जारी छ। प्रदर्शनमा अधिकांश युवा सहभागी भएको बताइएको छ।
यसअघि केही दिनअघि भएको प्रदर्शनमा १०० जनाको ज्यान गएको थियो भने २०० घाइते भएका थिए।
देशभर भएका प्रदर्शनका क्रममा अहिलेसम्म दुई हजार भन्दा बढी घाइते भइसकेका छन्।
एजेन्सीको सहयोगमा प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४