बिहीबार, वैशाख १३, २०८१

प्रगतिशील देउसीमा सुरुङ, रेल र जलमार्गका गीत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- “सुरुङमार्ग, रेलमार्ग बन्ने जलमार्ग
कुरा सुन्दा पनि आज खुसी लागिराछ
समृद्धिको सपनाको साकार रूप चाहियो
नेपालीको मुहारमा खुसी सुख चाहियो।”


उज्ज्यालो र सद्भावको चाड दीपावलीमा समाज रूपान्तरणमा सघाउने गीत-संगीत र रचनासहित समाजका अन्य वर्गझैं स्रष्टा पनि आपसमा देउसी-भैलोको रमाइलोमा कस्सिएका छन्।

मुलुकले लिएको समृद्धिको राष्ट्रिय आकांक्षा पूरा हुनुपर्ने चाहनालाई तिहारको देउसी-भैलोका क्रममा साहित्यकार र कलाकारबाट साहित्यिकरूपमै अभिव्यक्त भएको छ।

तिहारकै अवसरमा सिस्नुपानी नेपालले हरेक वर्ष व्यंग्यात्मक एवं चेतनामूलक देउसी-भैलोको आयोजना गर्दै आएको छ। जनसांस्कृतिक महासंघ नेपालले पनि सामूहिक देउसी-भैलो र नाचगानको कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा भएको देख्न चाहने स्रष्टाले रचनामार्फत समृद्धि सपनाको साकार रूपको माग गरेका हुन्। 

सामान्तवाद र साम्राज्यवादविरोधी वामपन्थी लेखकको मोर्चाका रूपमा विसं २००९ देखि कार्यरत प्रगतिशील लेखक संघ (प्रलेस) देउसी-भैलो परम्परालाई सांस्कृतिक रूपान्तरणसहित सामाजिक उन्नयनको ध्येय लिएर काठमाडौंका विभिन्न साहित्यकार र साहित्यप्रेमीको निवासमा पुगेको छ।

वामपन्थी लेखकहरुले धर्मका आधारमा जोडिएका चाडलाई पुरानै शैलीमा मनाउन नहुने र ‘बली राजाले पठाएको’ भन्ने सन्देशको देउसी-भैलो कार्यक्रम आयोजना गर्न नहुने तर्क पनि सुनिने गरेका छन् । तर, प्रलेसले कुनै राजा महाराजाले पठाएको भन्ने अर्थमा नभई सामाजिक रुपान्तरणका लागि आफैले आफूलाई पठाएको सन्देशसहित देउसी-भैलो कार्यक्रम गर्दै आएको छ।

प्रलेसको देउसीभैलो सामग्रीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, महानन्द सापकोटा आदि अग्रज स्रष्टाका कतिपय छानिएका रचनाशं पनि प्रस्तुत गरिएका छन् । 

“गरीब भन्छौं सुखको मझैँ धनी
मिल्दैन संसारभरि कतै पनि
विलासको लालस दास छैन म
मीठो छ मेरो रसिलो परिश्रम...”


महाकवि देवकोटाको याे गीतलाई छन्दकवि रमेश शुधेच्छुलगायत टोलीले सस्वर सुनाएको थियो भने यो अर्को कवितांशले पनि मुलुक निर्माणका कठिन कामहरु पनि दत्तचित्त भएर लागेमा सम्भव हुने सन्देश दिएको छ ः

“फोर्दै जाऊ गिरी र पहरा झार साना गिटीमा
कुँद्दै जाऊ अलिअलि गरी शेष हून् शालिग्राम
गाल्दै जाऊ खनिज गतिला धातु छानेर गाल
खोस्री खोस्री जमीन तह यो विश्वको सिर्ज टार।”


प्रलेसका अध्यक्ष डा. जीवेन्द्रदेव गिरी, पूर्वमन्त्री शान्ता मानवी, उपाध्यक्ष सुशीला प्रधानाङ्ग, उपमहासचिव आरसी न्यौपाने, सम्मिलित टोलीले शनिबार बिहानै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको गैरीधारास्थित निवासबाट साहित्यिक देउसीभैलोको थालनी गरेको थियो।

कुलपति उप्रेतीले संस्कृतिलाई समयसापेक्ष रुपान्तरणसहित प्रलेसले साहित्यिक देउसी-भैलो आरम्भ गरेकामा खुसी व्यक्त गर्दै भने, ‘संस्कृतिभित्र रहेका रुढी परम्परालाई हटाउँदै नयाँ सन्दर्भमा समाज र संस्कृतिका हरेक चिजलाई प्रगतिशील रुपान्तरण र वैज्ञानिक बनाउँदै जाने क्रममा प्रलेसको प्रयास सामयिक देखिन्छ।’ 

प्रलेस अध्यक्ष डा. गिरीले साहित्यिक भेटघाट, सांस्कृतिक रूपान्तरणको जागरण र संस्थाको काम सञ्चालनका लागि अर्थोपार्जनको उद्देश्य लिएर अभियानकै रूपमा देउसी-भैलो कार्यक्रम गरिएको जानकारी दिए। 

प्रलेस टोलीको आशिष पनि काव्यात्मक नै छ :

“उचो तेजी माथा चरण चरणै झुक्नु नपरोस्
खुला सङ्लो भैयोस् डर धक लिई लुक्नु नपरोस्
कुनै पीडा चिन्ता मनमन लिई दुख्नु नपरोस्
गरी बर्खे हल्ला शरद नपुगी सुक्नु नपरोस् ।”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।