बिहीबार, वैशाख १३, २०८१

अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध मुद्दा दायर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा पक्राउ परेका ११ जनाविरुद्ध एकै दिन विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले पर्सा, ललितपुर, कास्की, सप्तरी, कपिलवस्तुलगायत जिल्लाबाट पक्राउ परेकाविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो। 

अख्तियारले पर्साको वीरगञ्ज महानगरपालिका–३१, बेहवा प्रसौनीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रअ सचिन्द्रकुमार कापर, सहायक प्रअ मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यवस्थापन समिति सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँविरुद्ध मुद्दा दायर गरेको जनाएको छ। उनीहरूले करारमा शिक्षक नियुक्ति गर्दा एक लाख घुस लिएको अख्तियारको ठहर छ।  अख्तियारका अनुसार उनीहरूलाई गत असोज २७ गते वीरगन्जको एक चियापसलमा घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको थियो। 

यस्तै, अख्तियारले ललितपुरको यातायात व्यवस्था कार्यालय, साना-ठूला सवारीका इलेक्ट्रिसियन रूपकप्रसाद गुरागाईँ, कपिलवस्तुको बिसनपुरस्थित बालज्योति माविका प्रअ रविन्द्रप्रसाद मौर्य तथा कार्यालय सहयोगी रामकुमार लोनिया, कास्कीको पोखरास्थित नापी कार्यालय, पोखराका सर्वेक्षक सन्तोष भण्डारी, रूपन्देहीको ईलाका प्रहरी कार्यालय, मंगलापुरका, प्रहरी नायब निरीक्षक खिमबहादुर जिसी र सप्तरीको मालपोत कार्यालयका कार्यालय सहयोगी अर्जुन कुमार मण्डलविरुद्ध मुद्दा दायर गरेको जनाएको छ। 

गुरागाईंले विद्युतीय सवारी साधनको बाटो इजाजत पत्रका लागि सेवाग्राहीसँग घुसबाफतको ६० हजार रकम बैंक खातामा जम्मा गर्न लगाएको अख्तियारको आरोप छ । गुरागाईंलाई घुसवापतको रकम बैंक खातामा दाखिला गरेको भौचर लिएको अवस्थामा कार्यालयको अभिलेख शाखाबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

यस्तै, मौर्य र लोहनीलाई शिक्षक नियुक्तिमा सहजीकरण गरेबाफत सेवाग्राहीबाट ४० हजार रकम घुस लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार घटनाकाे अनुसन्धानमा प्रअ मौर्य र कार्यालय सहयोगी लोनियाले विज्ञान विषयको मावि तहको शिक्षकको परीक्षामा उत्तीर्ण गराइ दिने भनी घुस लिएको देखिएकाे थियाे।

सर्भेक्षक भण्डारी जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याएबाफत सेवाग्राहीबाट १० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेकाे अख्तियारले जनाएको छ। जिसी भने बिमा सिफारिस गरिदिएबाफत सेवाग्राहीबाट १५ हजार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेको अख्तियारकाे भनाइ छ। 

मण्डल मोही जग्गाको बाँडफाँट सम्बन्धी मुद्दाको लगत कट्टा गरिदिने भनेर सेवाग्राहीबाट दुई हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका अख्तियारले जनाएको छ। 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३  को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको माग दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।