बिहीबार, वैशाख १३, २०८१

अन्य व्यापार छोडेर तिहारका सामग्री बेच्दै व्यापारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- दसैंमा सुनसानजस्तै देखिएको काठमाडौंमा तिहार आगमनसँगै चहलपहल बढेको छ। व्यापारिक केन्द्रमा भीड  बढ्न थालेको छ। दसैं मनाउन गाउँघर गएका मानिस कर्मथलो फर्किएका छन्। 

असन, न्युरोड, जमल, भोटाहिटी, इन्द्रचोकजस्ता पुराना बजार मात्र हैन, नयाँ सपिङ मलमा पनि तिहारका लागि सामान किन्नेको घुइँचो छ। 

भाइमसला, सप्तरंगी टीका, रंगोली, तामाका भाँडा, लगायतका सामग्रीको व्यापार बढेको व्यवसायी बताउँछन्। बजारमा पाइलैपिच्छेका पसलमा तिहारका सामाग्रीले भरिभराउ छ। कपडा व्यापारी असनका मणिरत्न तुलाधरले यतिबेला कपडासँगै तिहारका लागि चाहिने अन्य सामग्री पनि बेच्न थालेका छन्। उनले काजु, बदाम, किसमिस, ओखर, नरिवल आदि बेचिरहेका छन्।

एक हप्तादेखि तिहारको सामान किन्नेको भीड लागेको इन्द्रचोकका व्यापारी बताउँछन्। माटाका पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाका टोपी बढी बिक्री भइरहेको छ।

‘थकाइ मार्ने फुर्सदै छैन’, मखनगल्लीमा किसमिस बेच्दै गरेकी विनिता श्रेष्ठले भन्छिन्, ‘अरू समयमा कपडा व्यापार गर्छु तर तिहारमा तिहारकै सामग्री बेच्छु । समयअनुसार व्यापार नगरे काठमाडौंमा बाँच्न सकिँदैन।’ 

असनका श्यामबाबु महर्जन विगत ८ व्र्षदेखि काजु, किसमिस, छोकडा, ओखर, मिस्रीलगायत बेच्दै आएका छन्। तिहारमा १० गुणा व्यापार बढ्ने उनी बताउँछन्। उनी भन्छन्, ‘अरु समयमा व्यापार नभए पनि तिहारले सबै लगानी उठाउँछ ।’

फूलको व्यापार

वसन्तपुर दरबार क्षेत्रमा माला बेचिरहेकी लक्ष्मी पनि यतिबेला तरकारी व्यापार छोडेर फूलका माला बेचिरहेकी छिन्।

तिहार आउन अझै एक हप्ता छ तर पनि फूलको व्यापार हुने गरेको बताउँछिन् । गत तिहारमा पनि फूल व्यापार गरेर लक्ष्मीले ७० हजार पैसा कमाएकी थिइन्।

फूल किन्दै गरेकी दीपा भन्छिन्, ‘टीकाको एकदुई दिनअगाडि त फूल पाउनै मुस्किल छ। पाए पनि महँगो हुन्छ। त्यसैले अहिले नै किनेकी हुँ।’ 

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजूका अनुसार यस वर्ष फूलको मूल्य बढेको छ। गत वर्ष एक मिटर मालाको ६० देखि ८० रुपैयाँसम्म पर्ने माला अहिले एक सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ। गत वर्षको तुलनामा १५ प्रतिशतसम्म फूलको मूल्य बढेको अध्यक्ष कसजू बताउँछन्।












 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।