बिहीबार, वैशाख १३, २०८१

फिफा वरीयतामा नेपाल ६ स्थान खस्कियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- विश्व फुटबल महासंघ (फिफा)काे वरीयतामा नेपाल ६ स्थान खस्किएको छ।

फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल ६ स्थान तल झर्दै  १६७ औं स्थानमा पुगेको हो। यसअघि नेपाल १६१औं स्थानमा थियो। 

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपअन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा कमजोर प्रदर्शन गरेका कारण नेपालको वरीयता खस्किएको हो । उक्त खेलमा नेपाल अस्ट्रेलियासँग ५-० र जोर्डनसँगको खेलमा ३-० गोलले पराजित भएको थियो। 

दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा कायमै छ।

दक्षिण एसियामा शीर्ष स्थानमा भारत छ। समग्रमा १०६ स्थानमा रहेको भारतको पनि दुई स्थान खस्किएको छ। एक स्थान खस्किएको माल्दिभ्स १५४औं स्थानमा छ। वरीयतामा तीन स्थान सुधार गरेको बंगलादेश १८४औं स्थानमा छ। चार स्थान खस्किएको भुटान १८९औं, दुई स्थान सुधार गरेको पाकिस्तान २०१ र एक स्थान खस्किएको श्रीलंका २०३ स्थानमा छ। 

विश्व वरीयतामा शीर्ष चारमा कुनै फेरबदल भएको छैन । वरीयतामा बेल्जियम पहिलो, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।