बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विभाग थप्ने विवादले कांग्रेस केन्द्रीय समिति एक साता सर्‍याे

विभाग थप्ने विवादले कांग्रेस केन्द्रीय समिति एक साता सर्‍याे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा विभाग थप्ने विषयमा विवाद हुँदा केन्द्रीय समिति बैठक प्रभावित बनेको छ।

विहीबार बोलाइएको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले विभाग थप्ने प्रस्ताव ल्याउन लागेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेले र कृष्ण सिटौला समूहले बैठक बहिस्कार गरेका थिए।

बुधबारको पदाधिकारी बैठकमा उपनिर्वाचन सम्बन्धी छलफल गर्ने प्रस्ताव केन्द्रीय समितिमा ल्याउने सहमति भएको थियो तर सभापतिले फरक प्रस्ताव ल्याउन खोजेपछि बैठक प्रभावित भएको वरिष्ठ नेता पौडेलले बताए।

पौडेलले भने,‘पदाधिकारी बैठकमा भएका सल्लाहभन्दा फरक प्रस्ताव बैठकमा आउन थालेपछि बैठक बस्न सकेन। किन उहाँहरूले एकपछि अर्को गरी फरक एजेन्डा ल्याउनुभयो, थाहा भएन।’

तर, सभापति देउवा पक्षले भने विभाग थपको माग पार्टीमा उठ्दै गरेकोले त्यस्तो प्रस्ताव आएको दाबी गर्छन्। पार्टीमा पदाधिकारी संख्या बढेकाले विभाग पनि बढाउनुपर्ने प्रस्ताव सभापतिले गरेको नेता प्रदिप पौडेलले जनाए।

पौडेलले भने, ‘अनायासै विभाग बढाउने कुरा सभापतिबाट आयो, अहिले भएकै विभाग गठन हुन नसकिरहेका बेला थप विभागको औचित्य केरु विधानअनुसार नै विभाग गठन हुनुपर्छ।’

हाल कांग्रेसको विधानमा २८ वटा विभागको व्यवस्था भएपनि विभिन्न समूहले विभागको माग गर्दै आएको छ।
 
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक स्थगित भएपछि उपनिर्वाचनका लागि शीर्षतहबाटै उम्मेदबारको टुँगो लाग्नेछ।

केन्द्रको निर्देशनभन्दा बढी संख्यामा जिल्ला तहबाट उम्मेदबारहरुको सुची आएकोले शीर्ष नेतृत्वबाट टुँग्याउनु पर्ने शर्माले बताए।

स्थगित भएको कांग्रेसको केन्द्रीय समिति बैठक कार्तिक १४ गते बस्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।