काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावाफूजी शेर्पा तथा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच बिहीबार चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।
सो कार्यक्रममा स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावाफूजी शेर्पाले आफूले दुई मुलुकबीच आर्थिक सम्बन्ध मजबुद बनाउन आफ्नो पहिलो अनुभव भएकोले उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले निजी क्षेत्रको सुझावअनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसँग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
भेटका अवसरमा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको र द्धिपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्य योजना बनाई सहजीकरण गर्ने बताए ।
उनले नेपाल निर्मित गरगहनाको निकासी बढाउन, नेपालमा लगानी अभिवृद्धि गर्न, द्वीपक्षीय वाणिज्य सम्बन्ध वृद्धि गर्न, द्वीपक्षीय भ्रमण आदानप्रदान गर्न आफूले जोड दिने बताउँदै नेपाल अष्ट्रेलियाबीच पर्यटन प्रबद्र्धन गर्न सिधाहवाई सेवाको मूर्त रुपमाकार्य गर्न सरोकारवालाहरुसँग छलफल गर्ने बताए ।
कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, हल्का पेय पदार्थको उत्पादनलगायतका क्षेत्रमा स्पेनी लगानी एवं प्रविधि भित्र्याउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले विशेष गरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रबद्र्धन गर्न आर्थिक कुटनीति सक्रिय हुनुपर्ने बताए ।
चेम्बरमाप्राप्त पछिल्लो तथ्यांकअनुसार सन् २०१८ मा स्पेनसँग ५४,८६,८४९ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा स्पेनबाट गत वर्ष सन् २०१८ मा ८२,७०,००५ अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट स्पेनमा सन् २०१८ मा २७,८३,१५६ अमेरिकी डलर बराबर निर्यात भएको छ ।
नेपालले स्पेनतर्फ विशेष गरी तयारी पोशाक, गलैचा, हस्तकलाका सामग्रीहरु निर्यात गर्दैै आएको र स्पेनबाट मेशिनरी पार्टपूर्जाहरु, मेडिकल उपकरणहरु तथा पेय पदार्थ आयात गर्दै आएको पाइन्छ ।
त्यस्तै सन् २०१८ मा अष्ट्रेलियासँग १,१९,४३,३६३ अमेरिकी डलरबराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा अष्ट्रेलियाबाट गत वर्ष सन् २०१८ मा ७,२१,१४,४०६ अमेरिकी डलरबराबर आयात भएको छ । भने नेपालबाट अष्ट्रेलियामा गत वर्ष सन् २०१८ मा ६०,२१,०७५ अमेरिकी डलरबराबर निर्यात भएको छ ।
सहभागीहरुले स्पेनबाट सहकारीको व्यवस्थापन, प्रविधी, पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताए भने अष्ट्रेलियासँग सामुदायिक वन विकास, कृषि विकास, “नेपाल डे” मनाउनुपर्ने, नेपाली रत्नतथा गरहनानिर्यात गर्दा ड्यिुटी ड्र व्याकको सुविधा उपलब्ध गर्नु पर्ने, दुतावासमा नेपाली निर्यात योग्य वस्तु र पर्यटन सम्बन्धी सूचनाको प्रद्र्धशनकक्ष स्थापना गरी अध्यावधिक गर्नुपर्ने, एक नेपाली एक पर्यटक, व्यापारिक, सांस्कृतिक आदान प्रदानको व्यवस्था गर्नुपर्ने सुझाब दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४