बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बांग्लाद‍ेशमा किशोरीलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्ड

बांग्लाद‍ेशमा किशोरीलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- बांग्लाद‍ेशमा एक अदालतले किशोरीलाई जिउँदै जलाएर हत्या गर्ने १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै न्याय माग्दा उनलाई मट्टीतेल छर्किएर जलाई हत्या गरिएको थियो। १९ वर्षीय नुसरत जहाँ रफीको गत अप्रिलमा फेनी नगरमा हत्या भएको थियो।

फेनी नगर राजधानी ढाकाबाट करिब १६० किलोमिटरको दूरीमा पर्छ।

नुसरतको मृत्युको घटनाले बांग्लादेशलाई स्तब्ध बनाएको थियो। घटनापछि त्यहाँ न्यायको माग गर्दै प्रदर्शनहरु भएका थिए।

यस्ता खालका मुद्दाको किनारा लाग्न वर्षौँ लाग्ने गरेको बंगलादेशमा नुसरतको मुद्दा भने अदालतले निकै छोटो समय भित्रै छिनिदिएको छ।

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन्।

त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छतमा बोलाइएको थियो।

त्यहाँ उनलाई मास्क लगाएका चार–पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए।

त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जलाइएको थियो। प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको जिवितै उद्धार गरिएको थियो।

तर शरीरको ८० प्रतिशत जलेकी नुसरतको ४ दिनपछि अस्पतालमा मृत्यु भएको थियो।

उनले घटनाबारे दिएको जानकारीको भिडिओ उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए।

सुरुमा यौन दुव्र्यवहार भएको भन्ने आरोप अस्वीकार गरिरहेको प्रहरीले मे महिनामा १६ जनाविरुद्ध अभियोग दर्ता गरायो। अभियोजनकर्ताहरूले मृत्युदण्डको सजायको माग गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।