काठमाडौं- चर्चित र्यापर समीर तामाङ ‘भिटेन’ लाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको छ।
भिटेनलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भैरहेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।
भिटेनलाई म्याद थपका लागि जिल्ला अदालत लगिएको उनले जानकारी दिए। भिटेन दोषी ठहरीएमा बढीमा एक वर्षसम्म कैद सजाय हुन सक्ने थापाले बताए।
भिटेनले प्रहरी पोशाकमा चुरोट खाइरहेको तस्बिर फेसबुक प्रोफाइल तस्बिर बनाएका थिए। भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा शब्दहरु आपत्तिजनक र अश्लिल रहेको भन्दै प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।
यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरी सार्वजनिक माफी मगाएर छाडेको थियो।
पछिल्लो पटक सरकार उरन्ठ्यौला गीतलाई नियन्त्रणमा लिन तीव्र रुपमा लागिपरेको देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४