धनगढी - पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका-८ मा विङ्गरले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगंगा-८ की २५ वर्षीय निर्मला बुढामगर रहेकी छन्।
पूर्वबाट पश्चिम तर्फ आइरहेको से १ ज १९३२ नम्बरको विङ्गरले सोही दिशातर्फ गइरहेको से १ ख २१५६ नम्बरको अटोलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी बुढामगरलाई उपचारका लागी कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए।
ठक्कर दिने विङ्गर र चालक धनगढी-१३ का २७ वर्षीय गोपाल रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अटो चालकलाई सामान्य चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४