बिहीबार, वैशाख १३, २०८१

सुदुरपश्चिम प्रदेश प्रमुखका कारण ऋण तिर्न अर्को ऋण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
कान्तिपुर दैनिकले सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लका कारणले ऋण तिर्न फेरि अर्को ऋण किसानले लिनु परेको विषयलाई मुख्य समाचार बनाएको छ ।
 
प्रदेश प्रमुख मल्ल परिवारले ३६ वर्षअघि किसानहरुको पुर्जा धितो राखेर लिएको ऋण नतिरिदिएपछि पुख्यौली जग्गा लिलाम हुनबाट बच्न नाति पुस्ता वार्षिक ६० प्रतिशतसम्म ब्याजमा अर्को ऋण लिन बाध्य भएको समाचारमा उल्लेख छ।
 
यस्तै कान्तिपुरले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीबीच भएको समहति कार्यान्व्यन नभएपछि प्रचण्डले बढाएको छलफललाई पनि प्राथमिकताका साथ छापेको छ । उसले यो खबरलाई प्याकेज सहमति खोज्दै दाहाल शीर्षकमा लेखेको छ । 

यस्तै अमेरिकाले नेपालमा निनियाँ प्रभाव बढ्यो भनि निकालेको निष्कर्ष पनि कान्तिपुरले महत्वका साथ छापेको छ ।

नागरिक दैनिकले सहकारीको बद्मासीलाई मुख्य समाचार बनाएको छ । उसले नियत नै ऋणीको घरजग्गा हडप्ने शीर्षकमा खबर लेखेको छ । यस्तै जनकपुरमा लेनदेनको विवाद हुँदा गोली हानी एक व्यक्तिको हत्या भएको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।
 
अन्नपूर्ण पोस्ट्ले भने कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमले बम विस्फोटमा परि घाइते भएकालाई इट्टा भट्टामा लैजान प्रयोग गरेको ट्रयाक्टरको फोटो छाप्दै– यहि ट्रयाक्टर हो, जसमा घाइतेलाई इँटाभट्टा पुर्याइयो शीर्षकमा खबर लेखेको छ ।

यस्तै प्रधानमन्त्री केपीशर्मा ओली आज बाकु जान लागेको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ । प्रधानमन्त्री ओलीले त्यहा भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग भेट्ने भएका छन् ।
 
नयाँ पत्रिकाले भारतले २४ करोड अनुदानमा बनाइदिएको  धर्मशाला तीनतारे होटेल चलाउन ठेक्कामा शीर्षकमा मुख्य समाचार छापेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष धर्मशाला प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए एक वर्षको सेरोफेरोमा पशुपति क्षेत्र विकास कोषले धर्मशाला व्यापारीलाई हस्तान्तरण गरेको छ । धर्मशालामा सुलभ दरमा तीर्थालु र पर्यटक बस्ने सुविधा थियो, अब महँगो शुल्क तिर्नेले मात्र बस्न पाउने समाचारमा उल्लेख छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।