बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • मंसिर ५ र ६ गते उर्जा सम्मेलन, ७०० भन्दा बढी सहभागी हुने

मंसिर ५ र ६ गते उर्जा सम्मेलन, ७०० भन्दा बढी सहभागी हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- ‘पावरिङ द एसियन सेन्चुरी’ नारासहित यही मंसिर ५ र ६ गते काठमाडौंमा ‘उर्जा सम्मेलन २०१९’ हुने भएको छ। नेपाल सरकार र स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) को संयुक्त आयोजनामा हुन लागेको सो सम्मेलनमा ७०० भन्दा बढी सहभागी हुने जनाइएको छ।

सम्मेलनमा भारत, चीन र बंगलादेशबाट ठूलो संख्यामा सहभागीहरु उपस्थित हुनेछन्। त्यस्तै भुटान, नर्वे, दक्षिण कोरिया, क्यानडा, नेदरल्याण्ड, बेलायत, संयुक्त राज्य अमेरिका तथा जापानबाट समेत उत्साहजनक सहभागिता रहने आयोजकले जानकारी दिएको छ। 

सम्मेलनमा क्षत्रीय विद्युत व्यापार, विद्युत बजार नियमन, वित्तिय व्यवस्थापन, उर्जाको दिगो विकास, संघीयतामा उर्जा परियोजनाहरु सञ्चालन र सहजीकरण, उर्जामा आवश्यक लगानी तथा आयोजना प्रदर्शनीजस्ता विषयहरु रहने आयोजक संस्था इपानले बुधबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ। 

कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। अर्थमन्त्री युवराज खतिवडा र उर्जामन्त्री बर्षमान पुन कार्यक्रममा सहभागी हुनेछन्।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारी, एसियाली पुर्वाधार विकास बैंकका निर्देशक लगायत प्रमूख बक्ताको रुपमा रहनेछन्। 

कार्यक्रममा इन्टरनेसनल फाइनान्स कर्पोरेसन, युएसआइडी एफएमओ, एसियन डेभलपमेन्ट बैंक, डिएफ्आइडी, वल्ड बैंक लगायतको आर्थिक सहयोग रहने आयोजकले जनाएको छ।

सम्मेलनमा विजनेश टु विजनेश मिटिङ गरिनेछ भने आधा दर्जन भन्दा बढी विद्युत व्यापार वातावरणीय उत्तम अभ्यासहरु तथा समावेशी उर्जा क्षेत्र सम्बन्धी सम्झौताहरु पनि हुने अपेक्षा गरिएको छ। 

उर्जा सम्मेलनले नेपालको उर्जा क्षेत्रको विकास एवं विस्तारमा नेपाल सरकारले अङिगकार गरेको नीतिलाई मुर्त रुप दिन अहम् भुमिका  पुर्याउने र उर्जा विकासका सम्भावना र भविष्यको बाटो पहिल्याउन ठोस सुझाव र मार्ग चित्र प्राप्त हुनेमा आयोजक विश्वस्त रहेको दाबी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्