शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भर्ना छनौट प्रक्रियामा अनियमितता गर्ने ४ सैनिक कारबाहीमा

भर्ना छनौट प्रक्रियामा अनियमितता गर्ने ४ सैनिक कारबाहीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली सेनाले सैन्य भर्ना छनौट प्रक्रियामा अनियमितता गर्ने ४ सैनिक र २३ गैरसैनिकसहित २७ जनामाथि कारबाहीअघि बढाइएको छ। उनीहरू भर्ना केन्द्रहरूमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न रहेको पाइएपछि सेनाले कारबाहीअघि बढाइएको हो।

२०७६ साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा ५ हजार ८ सय सैन्य पदको भर्ना छनौट प्रक्रिया भईरहेकोमा केही भर्ना केन्द्रहरूमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा ४ सैनिक तथा २३ गैरसैनिक व्यक्तिको नेपाली सेनाले अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ।

यसैगरी सैन्य भर्ना केन्द्र नं. २४ बाहिनी अड्डा, जुम्ला तथा नम्बर ५ बाहिनी अड्डा, कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाएका ४ नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ भने वास्तविक उम्मेदवारको खोजी भईरहेको सेनाले जनाएको छ। अन्य ३ भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न ४ गैरसैनिक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।