शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कास्की– २ मा रजनी केसीलाई उम्मेदवार बनाउने साझा पार्टीको निर्णय 

कास्की– २ मा रजनी केसीलाई उम्मेदवार बनाउने साझा पार्टीको निर्णय 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पोखरामा बसेको साझा पार्टीको केन्द्रीय समिति बैठकले कास्की– २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कार्तिक ५ र ६ गते बसेको बैठकले आसन्न उपनिर्वाचनका बारे रणनीतिक योजना बनाउनुका साथै केन्द्रीय नेतृत्वले चाँडै देशभरी वुद्धिजीवी, नागरिक अगुवा, उद्योगी–व्यवसायी र आम जनसमुदायसँग परमार्श र अन्तरक्रिया गर्ने निर्णय गरेको छ । 

कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा साझा पार्टीका तर्फबाट उम्मेदवार रजनी केसी केही अघिमात्रै साझा पार्टीमा प्रवेश गरेकी हुन् । यसअघि पोखरा विश्वविद्यालयको उपप्रशासक रहेकी केशी विभिन्न सामाजिक र राजनीतिक संस्थाहरुमा समेत आवद्ध थिइन् । उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।

बैठकपछि जारी विज्ञप्तिमा साझाले मुलुकमा भ्रष्टाचार बढेको, क्षमतावान र उर्जाशील युवालाई देश छोड्न वाध्य बनाइएको, नागरिक स्वतन्त्रतालाई अंकुश लगाउनेगरी सरकार अनुदार लोकतन्त्रउन्मुख भएको  उल्लेख गर्दै ‘मुलुकका यी सबै समस्याको जड राजनीतिलाई पेसा र राज्य दोहनको माध्यम बनाउने पुराना दलको गलत राजनीतिक शैली भएको’ उल्लेख गरेको छ । 

उसले आसन्न उपनिर्वाचनलाई सत्ता र प्रमुख प्रतिपक्षमा रहेका दुवै दलले आम जनतालाई गरेको विश्वासघातमाथिको ‘जनमत(सङ्ग्रह’ समेत भनेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।