बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार पछि हत्या गर्ने युवकलाई २० वर्ष पछि नेपाल ल्याइयो

बलात्कार पछि हत्या गर्ने युवकलाई २० वर्ष पछि नेपाल ल्याइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - झापामा २० वर्ष पहिले एक युवतीको बलात्कारपछि हत्या गरेर अमेरिका बसेका एक युवकलाई अमेरिकामै पक्राउ गरेर नेपाल ल्याइएको छ।

झापा चन्द्रगढी–३ का ४२ वर्षीय लीलाराज गौतमलाई इन्टरपोल वाशिंटनको सक्रियतामा पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो। गौतमलाई सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखिएको थियो।

नेपाल प्रहरीले गरेको निरन्तरको पत्राचारपछि अमेरिकी अध्यागमनका न्यायाधीशले सन् २०१८ सेप्टेम्बर ५ मा उनलाई नेपाल पठाउने आदेश दिएका थिए। सोही आदेश अनुसार उनलाई टर्कीस एयरबाट बुधबार काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

गौतमसहित मनोज खड्का, सिताराम बस्नेतले चन्द्रगढी–३ की सन्धा राजवंशीलाई २०५७ साल असोज २९ गते बलात्कार गरी हत्या गरेका थिए। उनीहरुले बलात्कार पश्चात घाँटी च्यापेर हत्या गरी चालआलीको जंगल एक रुखमा युवतीको शव झुण्ड्याएका थिए। 

गौतमलाई जिल्ला अदालत झापाले २०५८ कात्तिक २१ गते सफाई दिएको थियो। उक्त फैसला उपर पुनरावेदन गर्दा २०५८ चैत २८ गते जिल्ला अदालतको फैसला सदर भएको थियो।
 
पुनरावेदन अदालत इलामको फैसलाविरुद्ध सर्वोच्चमा उजुरी दिइएको थियो। पछि सर्वोच्च अदालतेले २०६६ भदौ २९ गते गौतमसमेत तीनै जनालाई जन्मकैदको फैसला सुनाएको थियो।
 
गौतम त्यसबेला २०५७ कात्तिक १ गतेदेखि २०५८ साउन ३२ सम्म १० महिना हिरासत बसेका थिए। उक्त १० महिना कट्टा गरी १९ वर्ष २ महिना कैद गर्न सर्वोच्चले आदेश दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।