बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महिलामाथि डोजर चलाउनेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

महिलामाथि डोजर चलाउनेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बैतडी- महिलामाथि डोजर चलाउने चालकविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
 
डोजरको बकेटले हानेर पेल्न खोजेको भिडियो सार्वजनिक भएपछि प्रहरीले चालक  किशोर बोहरालाई पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हो ।

उनीवरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको उनले बताए।

चालकले बैतडीको दशरथचन्द नगरपालिका –९ मा स्थानीय गौरी जोशीमाथि डोजर चलाएका थिए । दशरथचन्द नगरपालिका वडा नं ९ को सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो।
 
झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याएको र अहिले उनको  कोहलपुरमा उपचार भइरहेको छ। ढुंगा हानाहान हुँदा दुवै पक्षका अन्य सातजना समान्य घाइते भएका थिए। उनीहरुको जिल्ला अस्पतालमा उपचार भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।