शनिबार, वैशाख ८, २०८१

देउवा-ओली सहमतिमा संवैधानिक परिषद्को बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - मंगलबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको सहमतिमा स्थगित भएको छ। 

द्वन्द्वकालीन मुद्दाहरू सत्तारुढ दल र प्रतिपक्षी दलबीचको सहमतिमै समाधान गर्ने र ऐन निर्माण टुंगोमा पुर्‍याउनुपर्ने सभापति देउवाको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक देखिएपछि मंगलबारका लागि बोलाइएको परिषद् बैठक स्थगित भएको हो।
 
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले बूढानीलकण्ठस्थित देउवा निवासमा छलफल गर्न मंगलबार बिहान बोलाइएको पदाधिकारी बैठक चलिरहेका बेला सभापति देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर परिषद् बैठकअघि सत्ता र प्रतिपक्षको धारणा सहमतिमै बनाउनुपर्ने प्रधानमन्त्रीलाई टेलिफोनबाट भनेपछि बैठक स्थगित गर्ने सहमति भएको जानकारी दिए।
 
‘प्रधानमन्त्री निकै व्यस्त र त्यसैमा प्रधानमन्त्री विदेश भ्रमणमा जाने तय भएकाले उहाँ भ्रमण सकेर स्वेदश फर्किएपछि मात्रै संवैधानिक परिषद्को बैठक बस्ने दुई नेताहरुबीच सहमति भएको छ’ शर्माले भने।

ओलीले बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवासँग सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनका बारेमा सोमबार छलफल गरेका थिए। प्रधानमन्त्री ओली असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार अजरबैजानको राजधानी बाकु जान लागेका छन्।
 
यसैबीच बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा नेताहरुका बीचमा संक्रमणकालीन न्याय, संवैधानिक परिषद् बैठक र बिहीबार बस्न लागेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकका बारेमा छलफल भएको शर्माले जानकारी दिए। बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु रमेश लेखक र डा मिनेन्द्र रिजाल सहभागी थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।