काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान चितवनबाट प्रहरीले पक्राउ गरेको हो।
सादा पोसाकमा आएका प्रहरीले उनलाई पक्राउ गरी लगेको लोहनीकी श्रीमती सरला रेग्मीले जानकारी दिइन् । उनी पक्राउ परेको विषयमा चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले पनि स्विकार गरे । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
लोहोनीलाई सोमबार मात्रै विप्लव नेतृत्वको पार्टी नेकपाले केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेको थियो । उनको स्वास्थ्य समस्या देखाउँदै पार्टीले जिम्मेवारीबाट मुक्त गरिएको सोमबार विज्ञप्तिमार्फत जानकारी गराएको थियो।
सरकारले गएको फागुन महिनामा प्रतिबन्ध लगाएपछि विप्लवका नेता कार्यकर्ता पक्राउको क्रम तिब्र पारेको छ । दसैंपछि मात्रै दुई दर्जनभन्दा बढि नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४