शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दिलमायाको पीडा- न जिउँदो भनेर देख्न पाउनु, न मरेको भनेर किरिया गर्नु

दिलमायाको पीडा- न जिउँदो भनेर देख्न पाउनु, न मरेको भनेर किरिया गर्नु

‘सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगरेर हामीलाई तड्पाउने काम गरेको छ, न त मरेको भनेर काजकिरिया गर्नु छ न जिउँदो भनेर देख्न पाउनु छ। लास नदेख्दासम्म जिउँदै हो कि भन्ने आशा हुने रहेछ’, दिलमाया पीडा पोख्छिन्।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

रुपन्देही–  सियारी गाउँपालिका–६ की धनकुमारी थारुका पति कमलप्रसाद बेपत्ता भएको १७ वर्ष भयो। राज्य पक्षबाट २०६२ भदौ ११ गते बेपत्ता पारिएका कमल अझै पनि फर्केर आउँछन् कि भन्ने आशा धनकुमारीलाई छ। रोजगारीका लागि भारत गएका कमललाई गाउँ फर्किएको केही दिनमै सादा पोसाकमा आएका नेपाली सेनाका जवानले ससुराली जान लाग्दा बाँसगढी भन्ने ठाउँबाट लिएर गएका थिए। 

triton college

त्यतिबेला ३० वर्षका कमलप्रसादलाई घटनाको १५ दिनपछि मात्र सेनाले लगेको भन्ने यकीन भयो तर उनको अवस्थाबारे परिवारलाई कुनै जानकारी गराइएन। कमल बेपत्ता भएपछि यता घरमा धनकुमारीलाई परिवार चलाउन निकै मुस्किल पर्‍यो।

सामान्य खेतीपाती गरेर गुजारा चलाउँदै आए पनि एक छोरा र एक छोरीलाई पालनपोषण पढाइ खर्च जुटाउन धनकुमारीलाई धनको अभाव छ। ‘लामो समसम्म पतिको अवस्थाबारे थाहा नहुँदा मानसिक पीडा त छँदै छ। परिवार चलाउन पनि समस्या छ’, धनकुमारी भन्छिन्। 

पति बेपत्ता भएपछि घरकाले सहयोग नगर्दा धनकुमारी अहिले पनि माइतीमै बसेर गुजारा गर्दै आएकी छन्। पति नहुँदा परिवार मात्रै होइन गाउँ समाजले पनि हेर्ने दृष्टिकोण पनि फेरिएको उनको नमिठो अनुभव छ। सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगर्दा झनै अप्ठ्यारो परेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘हामीले सत्यतथ्य जान्न पाएका छैनौं, मरेको भनौं भने लास देख्न पाएकी छैन, जिउँदै हुनुहुन्छ भनौं भने अवस्था थाहा छैन।’

तत्कालीन माओवादीको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वका क्रममा युद्धरत माओवादी पक्ष र सरकारी पक्षबीचको दोहोरो भिडन्तमा धेरै मानिसको ज्यान गयो। त्यसका अतिरिक्त युद्धमा संलग्न नरहेका गैरसैनिक व्यक्ति नागरिकसमेतले मृत्युवरण गर्नुपर्‍यो, यातना तथा यौनजन्य हिंसा भए, धेरै संख्यामा मानिस बलपूर्वक बेपत्ता पारिए।  
रुपन्देहीकै कञ्चन गाउँपालिका–४ की दिलमाया काउचाका पति बालकृष्णको अवस्था पनि अहिलेसम्म थाहा छैन। सशस्त्र द्वन्द्वका क्रममा भर्खर ३९ वर्ष टेकेका बालकृष्णलाई नेपाली सेनाका जवानले लिएर गएका थिए। उनी पनि पतिको पर्खाइमा छिन्। ‘सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगरेर हामीलाई तड्पाउने काम गरेको छ, न त मरेको भनेर काजकिरिया गर्नु छ न जिउँदो भनेर देख्न छ। लास नदेख्दासम्म जिउँदै हो कि भन्ने आशा हुने रहेछ’, दिलमाया पीडा पोख्छिन्। 
धनकुमारी र दिलमाया त प्रतिनिधि पात्र मात्रै हुन्। सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका परिवारको पीडा योभन्दा अझै विरह लाग्ने खालका छन्। नेपालमा तत्कालीन माओवादीको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वका क्रममा युद्धरत माओवादी पक्ष र सरकारी पक्षबीचको दोहोरो भिडन्तमा धेरै मानिसको ज्यान गयो। त्यसका अतिरिक्त युद्धमा संलग्न नरहेका गैरसैनिक व्यक्ति नागरिकसमेतले मृत्युवरण गर्नुपर्‍यो, यातना तथा यौनजन्य हिंसा भए, धेरै संख्यामा मानिस बलपूर्वक बेपत्ता पारिए।  

बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्ध ११औं अन्तरराष्ट्रिय बेपत्ताविरुद्धको दिवस मनाउँदै गर्दा पनि बेपत्ता परिवारका गुनासा उस्तै छन्। अन्तर्राष्ट्रिय कानुनमा बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्य मानवअधिकारको गम्भीर उल्लंघन मानिन्छ।

corrent noodles
Metro Mart

व्यक्ति बेपत्ता पार्ने कार्यबाट बेपत्ता पारिएको व्यक्ति मात्र पीडित र प्रभावित हुँदैनन्, आश्रित परिवार र आफन्तजनसमेत पीडित र प्रभावित हुन पुग्दछन्। बेपत्ता पारिएका व्यक्तिको इच्छाविपरीत पक्राउ वा अपहरण गरी अनकन्टार थुनाबाट व्यक्तिको वैयक्तिक स्वतन्त्रताको अपहरण हुन पुग्छ। व्यक्तिको स्वच्छ सुनुवाइको हक र त्यस उपरको न्यायिक उपचारको प्रत्याभूतिको घोर उल्लङ्घन हुन जान्छ। -निरा गौतम/रासस

प्रकाशित: Aug 30, 2021| 17:19 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।