काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता एक महिना पछाडि धकेलिएको छ। पोखरा क्रिकेट रंगशालामा नोभेम्बर १२ देखि २३ तारिखसम्म आयोजना हुने भनिएको प्रतियोगिता अब डिसेम्बर १४ देखि २८ सम्म हुने भएको छ।
आयोजक क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालिले पीपीएलको पूर्वघोषित तालिकामा दक्षिण एसियाली खेलकुद हुने तथा इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को नेपाल भ्रमण र यू-१९ टिमको भारत भ्रमण परेको कारण प्रतियोगिता सारिएको जनाएको छ। नोभेम्बर १ देखि १२ तारिखसम्म एमसीसीले काठमाडौं र पोखरामा नेपाली टोलीसँग खेल्दैछ।
प्रतियोगितामा ६ टोली सहभागी छन्। पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनोज,पोखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन्। पहिलो संस्करणको उपाधि पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई पराजित गर्दै शरद भेसावकर कप्तानीको पोखरा पल्टनले जितेको थियो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४