बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीद्वारा समृद्धिको दाबी : सबैभन्दा बढी सडक बने, तुइन हटे

प्रधानमन्त्रीद्वारा समृद्धिको दाबी : सबैभन्दा बढी सडक बने, तुइन हटे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि आएको दाबी गरेका छन्।

सोमबार नागढुंगा–नौविसे सुरुङ मार्गको शिलन्यास गर्ने क्रममा प्रधानमन्त्री ओलीले देशमा समृद्धि आएको र विकास निर्माणका काम तीब्र गतिमा भइरहेको दाबी गरेका हुन्।

आफ्नो कार्यकालमा यस वर्ष इतिहासमै सबभन्दा बढी सडक कालो पत्रे भएको दाबी गरे। प्रधानमन्त्री ओलीले भने, ‘यस वर्ष १६ सयभन्दा बढी किलोमिटर सडक कालोपत्रे गरिएको छ। कम्तीमा दुई लेन र त्योभन्दा बढी लेनको बन्दैछ। इतिहासमा यति धेरै बाटो कहिलै बनेको थिएन। यसरी बन्ने हो भने बाटोको समस्या रहँदैन।’

प्रधानमन्त्री ओलीले थानकोटबाट चित्लाङ पाँच मिनेटमै पुग्न सक्ने सडक बनाउने दाबी गरेका छन्। उनले त्यसतर्फ काम भइरहेको दाबी गरे।

यसैगरी ओलीले यस वर्ष २ सय ४३ भन्दा बढी पक्की पुल निर्माण गरेको र सयौं झुलुङे पुल बनेको बताएका छन्।

नेपालबाट लगभग तुइन विस्थापित भइरहेको दाबी गर्दै प्रधानमन्त्रीले भने, ‘यस वर्ष १ सय २४ वटा तुइन हटाएका छौँ।

विमानस्थल विस्तारको कामसमेत भइरहेको बताउँदै ओलीले भने, ‘भैरहवा एयरपोर्ट पुरा भयो। पोखरा तयार हुँदैछ। जुनसुकै विमान चल्ने र राती पनि चल्ने खालका बनाएका छौं।’

नागढुँगा–नौविसे सुरुङ मार्ग ४२ महिनाभित्रै निर्माण हुने दाबी प्रधानमन्त्रीले गरे। उनले भने, ‘४२ महिनाभित्रै पुरा हुनेछ। ठेक्केदारलाई पनि भन्न चाहान्छु समयमै काम पुरा होस्।’

देश समृद्धितर्फ अगाडि बढेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘अब नेपाल भन्ने देशमा सडक मान्छे हुन सक्दैन, हरेको व्यवस्था हुन्छ, आवास दिइन्छ।

बालबालिका पनि सडकमा देखिदैन। सरकारले जिम्मा लिएर पनि तिनीहरुलाई योग्य नागरिक बनाउँछौं।’

नेपाल पूर्वाधारमा मात्र होइन सेटलाइट बनाउन पनि अगाडि बढेको उनले बताए।

जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋणमा सुरुङमार्ग बन्न लागेको हो। २.७ किलोमिटर लामो सुरुङमार्गको निर्माण ३ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखिएको छ।

सुरुङमार्ग काठमाडौंको थानकोटस्थित नेपाल आयल निगमको डिपोभन्दा तलबाट सुरु भइ धादिङको धुनिबेसी नगरपालिकाको सिस्नेखोलामा अन्त्य हुनेछ।

सुरुङमार्ग बनेपछि नौबीसे-नागढुंगा क्षेत्रको जाम अन्त्य हुने बताइएको छ। सुरुङ मार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाजमा–आन्दो जेभीले पाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।