शनिबार, वैशाख ८, २०८१

नेकपा-कांग्रेस बैठकमा जुटेन सहमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुबीच भएको छलफलमा कुनै पनि सहमति जुट्न सकेन।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको विषय र विधेयकका बारे टुंगो लगाउने प्रयास भएको थियो।

छलफलमा सभामुख चयनका विषयमा पनि छलफल भएको थियो। तर, कुनै पनि विषयमा सहमति जुट्न नसकेको नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले जनाएका छन्।

उनका अनुसार सत्य निरुपण तथा बेपत्ता आयोगबारे बनेको विधेयकका बारेमा सामान्य छलफल मात्र भएको छ। सञ्चारकर्मीहरुसँग नेम्वाङले भने, ‘विधेयकका बारेमा सामान्य छलफल भयो। अरु खासै केही भएन। नेताहरु यो विषय कसरी टुंग्याउने भन्नेमा चिन्तित देखिनु भएको हो।'

बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा मात्र सहभागी भएका थिए।
 
देउवा थप छलफल आवश्यक रहेको भन्दै बैठकबाट बाहिरिएका थिए।

नेकपाबाट भने प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड, वर्षमान पुन र नेम्वाङ सहभागी थिए।

नेम्वाङले सभामुख चयनका विषयमा पनि कुरा उठाएका थिए। तर, त्यस विषयमा खासै छलफल हुन नसकेको उनले जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।