काठमाडौं- सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मालपोत कार्यालय, कास्कीका दुई कर्मचारी पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय परिसरबाट १२ हजार रूपैयाँ घुस लिइरहेको अवस्थामा खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनोहरि भट्टराईलाई पक्राउ गरेको हो।
आयोगका अनुसार जग्गा नामसारी गरिदिने भन्दै उनीहरूले सेवाग्राहीबाट घुस लिएका थिए।
घटनाबारे अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४