काठमाडौं- ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा आफैँ उपस्थित भएका सांसद पार्वत गुरुङ साधारण तारेखमा छुटेका छन्।
जिल्ला अदालत काठमाडौंको आदेशमा सांसद गुरुङमाथि पक्राउ पुर्जी जारी भएको थियो।
उक्त मुद्दामा सांसद गुरुङ आइतबार अदालतमा उपस्थित भएका थिए।
उनको बयान पछि अदालतले साधारण तारिखमा रिहा गरेको जिल्ला अदालत काठमाडौंका सुचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिएका छन्।
न्यायाधीश पुर्णेश्वरप्रसाद उपाध्यायको इजलाशले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४