शनिबार, वैशाख ८, २०८१

भावी सभामुख : कहाँ अड्किएको छ कुरा ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- तिहारपछि बोलाइने संसदको हिउँदे अधिवेशनको पहिलो जिम्मेवारी हुनेछ सभामुखको निर्वाचन। तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएसँगै उनले राजीनामा दिएपछि सभामुख पद रिक्त भएको छ।

तत्कालीन एमाओवादी केन्द्रबाट निर्वाचित सांसद महरा तत्कालीन एमाले र माओवादीबीचको लेनदेनका आधारमा सर्वसम्मत सभामुख बनेका थिए। अब एमाले र माओवादीबीच पार्टी एकीकरण भइसकेको छ। नयाँ बनेको नेकपाबाट हाल उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको नेतृत्व गरिरहेकी छन्।

त्यसैले तुम्बाहाम्फेले बाटो नखोलेसम्म नेकपाले सभामुख पाउने बाटो संवैधानिक रुपमै बन्द छ। किनकी एउटै दलबाट सभामुख र उपसभामुख हुन संविधानले बन्देज लगाएको छ।

संसदमा लगभग दुई तिहाई भएको पार्टीले सभामुख अर्को दललाई दिने सदासयता देखाउने अवस्था छैन। तर, उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएसम्म नेकपाबाट सभामुख नहुने भएपछि उनको चाहना आफैं सभामुख हुने छ।

त्यसैले तुम्बाहम्फेले सजिलै उपसभामुखबाट राजीनामा दिएर नेकपालाई सजिलो बनाउने सम्भावना देखिँदैन।

उपसभामुख तुम्बाहाम्फेले सभामुख चयनका विषयमा नेकपा नेतृत्वसँग कुनै छलफल नभएको बताइन्। उनले भनिन्, ‘एक पटकमात्र मेरो र प्रधानमन्त्रीसँग भेट भएको छ, त्यहाँ सभामुखले राजीनामा दिएको विषयमा मात्र कुराकानी भयो, अन्य कुरा भएकै छैन।’ 

सरकार प्रमुखलाई संसदमा भएको गतिविधि जानकारी गराउन मात्र सो भेट भएको उनले बताइन्। 

त्यसपछि चिनियाँ राष्ट्रपतिको भ्रमणमा व्यस्त भएपछि प्रधानमन्त्री तथा नेकपा नेताहरुसँग यो विषयमा छलफल गर्ने समय नै नमिलेको उनले बताइन्।

तुम्बाहाम्फेसँग यो विषयमा छलफल नभए पनि नेकपाका दुई अध्यक्षबीच छलफल भएको चर्चा छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने पक्षमा छन्। नेम्वाङ भने आफू सभामुख हुन नचाहेको तर, पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने बताउँछन्।

उता पूर्व एमाओवादी धारका नेकपा नेताहरु भने महरा आफ्नै पार्टीका तर्फबाट बनेकाले उनलाई विस्थापित गर्ने सभामुख पनि पूर्वमाओवादीकै तर्फबाट हुनुपर्ने जिकिर गरिरहेका छन्। 

नेकपाभित्र पूर्वमाओवादी र पूर्व एमालेबीच तानातान चले पनि मुख्य र निर्णायक कदम भने वर्तमान उपसभामुख तुम्बाहाम्फेले खोल्नुपर्ने छ। 

उनले उपसभामुखबाट राजीनामा नदिएसम्म नेकपाबाट सभामुखको कल्पना गर्न सकिँदैन। राजीनामा दिनुहुन्छ त भन्ने प्रश्नमा तुम्बाहाम्फेले भनिन्, ‘म अहिले यो विषयमा बोल्दैन। जब नेताहरुले मलाई यो प्रश्न गर्छन् अनिमात्र भन्छु। अहिले कसैले सोधैकै छैन, म के भनुँ?’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।