काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ।
समितिले १२ कात्तिक बिहान ११:५५ बजे भाइटीकाको उत्तम साइत रहेको जनाएको हो।
समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले १२ कात्तिकमा दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको जानकारी गराए।
यो वर्षको यमपञ्चक ८ कात्तिकदेखि शुरू हुँदैछ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४