बिहीबार, वैशाख १३, २०८१

दाहालको छटपटी, एकीकरणमा चुनाैती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं: ३ जेठ २०७५ मा एकीकरणको घोषणा भएको लामो समय वितिसक्दा तत्कालीन नेकपा (एमाले) र तत्कालीन माओवादी (केन्द्र)बीचको एकता प्रक्रिया टुंगो लागिसकेको छैन । 

दुई दलबीचको एकता घोषणा कार्यक्रममा नव गठित नेकपालाई दुई जना पाइलट (ओली र दाहाल) ले जेट प्लेन जस्तै उडाउने दाबी गरे पनि अहिलेसम्म पार्टी र सरकारमा पाईलटको भूमिकामा केपी ओली एक्लै छन् । 

एकताका बेला भएको सहमति डेढ वर्षसम्म कार्यान्वयन नहुँदा एकता नै धरापमा पर्ने त होइन भन्ने प्रश्न उठ्न थालेको छ । 

त्यसबेला सरकारको नेतृत्व ‘आलोपालो’ गर्ने भन्ने सहमति भए अनुसार अब प्रधानमन्त्री बन्ने आफ्नो पालो आएको दाबी गर्ने अध्यक्ष पुष्पकमल दाहाल ओलीबाट सकारात्मक  जवाफ नपाएपछि सशंकित भएका छन् । 

यदि आलोपालो नेतृत्व गर्ने उक्त सहमति कार्यानवयन गर्ने हो भने अबको केही महिनापछि प्रधानमन्त्री ओलीले दाहाललाई जिम्मेवारी सुम्पिनु पर्ने हुन्छ। जुन ओलीलाई मञ्जुर छैन ।
त्यही कारण दुई अध्यक्षबीच सम्बन्ध चिसिंदै जाँदा नेकपाको एकताको आधार कमजोर हुन थालेको देखिन्छ । 

नेकपाभित्र दुई अध्यक्षको व्यवस्था गरिए पनि पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी ओलीले नै लिएका छन् । शक्ति अभ्यासको खोजी गरिरहेका दाहालका लागि पार्टी र सरकार कतै पनि जिम्मेवारी नपाउँदा छटपटी शुरु भएको बुझ्न सकिन्छ । 

यही छटपटीकै परिमाण हुनुपर्छ दाहाल कहिले ओलीविरुद्ध अभिव्यक्ति दिन्छन् त कहिले नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने भनिदिन्छन् । केही दिनअघि चितवनमा त उनले फेरि आन्दोलन गर्ने बेला आएको समेत भनिदिए । 

कांग्रेससँग सहकार्य 
असोज २६ गते कांग्रेस मुख्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा दाहालले ओलीकै अगाडि कांग्रेससँग सहकार्यको विषय उठाए।

हतास देखिएका दाहालको यो अभिव्यक्तिले कांग्रेसलाई खुशी बनाए पनि प्रधानमन्त्री ओलीलाई भने सशंकित बनायो।

नेकपाकै चियापनमा ‘आलोपालो’ 

दाहालसँग पहिल्यैदेखि नजिकको सम्बन्ध राख्ने वामदेव गौतमले नेकपाको चियापान कार्यक्रममा पार्टी एकीकरणका बेला दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको चर्चा गरे । जुन कुरा सुन्न प्रधानमन्त्री केपी ओली चाहँदैनन् । 

यसअघि आलोपालो नेतृत्वको कुरा बाहिर ल्याएपछि ओलीबाट खप्की खाएका दाहालका लागि यसपटक भने वामदेव गौतमले बोलिदिएका थिए । 

मन्त्री हेरफेर ओलीकै जिम्मा

वर्तमान सरकार गठन भएको ६ महिना पुगेदेखि नै दाहालले मन्त्रीहरुको  हेरफेर हुने बताउँदै आएका थिए।  एक वर्षअघि दिल्ली भ्रमणमा जानुअघि पनि उनले मन्त्रीहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै मन्त्री फेरिने बताएका थिए।

पछिल्लो सचिवालय बैठकमा पनि मन्त्री हेरफेरको विषयले प्रवेश पाएको थियो। तर, ओलीसँग असहमति बढेपछि दाहाल मन्त्री हेरफेरको  विषयबाट पछि हटेका देखिन्छन् ।

कार्तिक १ गते धनगढी पुगेका प्रचण्डले मन्त्री हेरफेरको विषय प्रधानन्त्री ओलीको कार्यक्षेत्रमा पर्ने भएकोले उनैले नै निर्णय लिने बताए। अर्थात उनले दोष ओलीमाथि थोपर्दै आफू निरिह रहेको संकेत गरे।

ओली निकटलाई रिझाउँदै
प्रधानमन्त्री ओलीले आफ्ना कुरा सुन्न छोडेपछि दाहाल अहिले ओली निकट नेताहरुसँग गुहार माग्दैछन् । 

ओली निकट मानिने नेता इश्वर पोखरेललाई आफ्नो पक्षमा ल्याउन पनि उनले प्रयास गरेको देखिन्छ । 

गत साता उनले पोखरेलको निवासमा पुगेर एकीकरणका बेला भएको सहमति कार्यान्वयन गर्ने बारे छलफल गरे। विश्वस्त स्रोतका अनुसार पोखरेलले दाहाललाई प्रधानमन्त्री ओली अहिल्यै त्यो सहमति कार्यन्वयन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका थिए । 

माधव नेपालको साथ 

अहिले नेकपाभित्र ओली र दाहालपछिका शक्तिशाली नेता हुन् मधाव कुमार नेपाल। नेता नेपाल आवश्यकता अनुसार कुनै बेला दाहालको नजिक त कहिले ओली नजिक देखिन्छन् ।

पार्टी वरियतामा पछि पारिंदा दाहालले आफूलाई सहयोग नगरेको भन्दै नेता नेपाल चिढिएका थिए। तर, अहिले फेरि दाहाल र नेपालको निकटता बढेको छ । पार्टीभित्र आफ्नो स्थिति बलियो बनाउन पनि दाहाललाई नेपालको साथ चाहिन्छ । दुबै नेतालाई नजिक्याउन अहिले वामदेव गौतमले प्रयास गरिरहेका छन् । 

नेकपाभित्र दाहाल फेरि अर्को ध्रुबिकरणको तयारीमा छन् जसबाट पार्टीभित्र ओली अल्पमतमा परुन् । र, केही महिनापछि दाहाललाई प्रधानमन्त्रीको पद प्राप्ति होस् । 

सत्तामा जान अनेक तिकडम गर्न सक्ने दाहालका लागि यसपटक दह्रो अवरोधका रुपमा देखिएका छन् ओली । ओलीले पार्टी होस वा सरकार कतैको नेतृत्व पनि सहजै दाहाललाई सहजै हस्तान्तरण गर्ने छैनन् । 

यस्तो अवस्थाले नेकपा एकीकरण नै कतै धरापमा पर्ने त होइन भन्ने आशंकालाई बल पुगेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।