बिहीबार, वैशाख ६, २०८१

भ्रमण वर्ष सचिवालय र एनआरएनएबीच १७ बुँदे सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ- नेपाल भ्रमण वर्ष–२०२० वर्ष सफल बनाउनको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र भ्रमण वर्ष–२०२० को सचिवालयविच आइतबार नेपाल पर्यटन बोर्डमा सम्झौता भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा सचिवालयका संयोजक सुरज बैद्य र एनआरएनएका अध्यक्ष कुमार पन्तबीच सम्झौता भएको हो।

सम्झौताअनुसार हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राखिने छ। सम्झौतामा सबैभन्दा बढी विदेशी नेपाल पठाउने व्यक्ति वा संघ संस्थालाई सम्मान गर्न सचिवालयले सरकारलाई सिफारिस गर्नेछ। 

त्यसैगरी सम्झौता अनुसार एनआरएनले गर्ने सम्पूर्ण सेमिनार र गोष्ठीहरु नेपालमा नै गर्नुपर्नेछ र सचिवालयले त्यसको समन्वयात्मक भूमिका निर्वाह गर्ने, विश्वभरी रहेका गैर आवासीय नेपालीहरुलाई सन् २०२० मा ‘परिवार र साथीसँग विदा मनाउन नेपाल जाउँ’ भन्ने अभियान सञ्चालन गर्ने, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा ‘भ्रमण वर्ष प्रबद्र्धन कक्ष’ स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने छ। 

त्यसैगरी नेपाल भ्रमण वर्ष, २०२०को प्रचार प्रसार गर्न सचिवालयको समन्वयमा संघले वर्षभरी विश्वका प्रमुख शहरहरुमा कार तथा साईकल र्‍याली गर्ने, नेपालीहरुको माध्यमबाट संघले उनीहरुका रोजगारदाता तथा व्यवसायिक साझेदार संघ संस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्ने, नेपालीहरुले आफूले चलाउने सवारी साधन तथा होटल रेष्टुरेन्टहरुमा प्रचारात्मक सामग्री वा लोगो टाँस्ने, त्यस्तै कम्तीमा ५० देशमा मिस एनआरएन आयोजना गरी सोको फाइनल २०२० जुनमा नेपालमा गर्ने लगायतका १७ वटा बुँदामा सम्झौता भएको भ्रमण वर्ष सन् २०२० को सचिवालयले जनाएको छ।

नेपाल सरकारले वार्षिक कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्