काठमाडौं- बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार पुनः अदालत उपस्थित गराइँदैछ।
तोकिएको समयसीमामा अनुसन्धान नसकिएपछि म्याद थपका लागि महरालाई पुनः अदालतमा उपस्थित गराइन लागिएको हो।
गत असोज १९ मा पक्राउ परेका महरामाथि अनुसन्धान गर्न जिल्ला अदालतले १३ दिनको म्याद दिएको थियो। उक्त अवधिमा महराको बयान पूर्ण हुन सकेको छैन । पक्राउ परेको तीन दिनपछि महराको स्वास्थ्यमा समस्या देखिएपछि बयान पूर्ण हुन नसकेको नुसन्धानमा संलग्न एक प्रहरीले बताए।
संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा गत असोज १९ गते प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो। ती महिलाले प्रहरीसमक्ष असोज १८ गते किटानी जाहेरी दिएकी थिइन्। उनको उजुरीमा घटना असोज १२ गते भएको उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४