शुक्रबार, वैशाख १४, २०८१

भैरहवामा व्यापार तथा कृषि महोत्सव हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- आगामी मंसिर ५ गते भैरहवामा पाँचौ लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ हुने भएको छ। उद्योग व्यपार संगठन रुपन्देहीको आयोजनामा हुने महोत्सवमा कुल ४ सय स्टल राखिने भएको छ।

२०६४ सालदेखि दसैं सस्तो बजार मेला शुरु गरेको संगठनले यस वर्ष पाँचौ लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ गर्न लागेको हो। संगठनले यसअघि ०६५ सालमा दीपावली टी जोन, ०६६ सालमा प्रथम राष्ट्रिय औद्योगिक महोत्सव, ०६८ मा दोस्रो, ०७० मा तेस्रो, ०७४ मा चौथो महोत्सव सम्पन्न गरेको थियो। त्यसका अतिरिक्त ०७१ सालमा देवदह महोत्सव, ०७५ सालमा तिलोत्तमा महोत्सव समेत गरिसकेको छ।

५ गतेदेखि १६ गते सम्म चल्ने महोत्सवमा ३ लाख अवलोकनकर्ता सहभागी गराउने लक्ष्य राखिएको  महोत्सवमा उद्योग, व्यापार, कृषि र पर्यटनसंग सम्बन्धित कुल ४ सय स्टल राखिने भएको छ। 

जसमध्ये स्थानिय उत्पादनसंग सम्बन्धित एक सय वटा र कृषि उपजसंग सम्बन्धित ५० वटा स्टल रहने मूल आयोजक समितिका संयोजकसमेत रहेका उद्योग व्यपार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए।

महोत्सवबारे जानकारी दिन भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक भण्डारीले भने, ‘नेपालका मुख्य पर्यटकीय गन्तब्यको झल्कीने गरी आकृति तयार गरिनेछ । लुम्बिनी भ्रमण बर्ष २०७६ चलिरको बेला र नेपाल भ्रमण बर्ष २०२० को पूर्व सन्ध्यामा महोत्सव आयोजना गरेका छौं। हामीले प्रदेश ५ का मुख्य मुख्य पर्यटकीय गन्तब्यहरुको सचित्र विस्तारगरी पर्यटकीय प्याभिलेन पनि बनाउछौं।’

भैरहवामा हुने महोत्सवमा नेपाली बालउद्यान सेवा प्रदायक कम्पनीले बाल उद्यान सञ्चालन गर्नेगरी सम्झौता समेत गरेको बताइएको छ।

‘राष्ट्रिय स्वाधिनताकोलागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रकालागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ भन्ने मूल नाराका साथ सन्चालन हुने महोत्सवमा १ करोड १४ लाख खर्च लाग्ने अनुमान गरिएको छ। महोत्सव अवधिभर हरेक दिन शनिबार बाहेक बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ।

मेलामा टिकट दर ७०, विद्यार्थीहरुका लागि  ४० र समूहमा आउने विद्यार्थीहरुको लागि ३० रुपैंया तोकिएको उनले बताए। त्यस्तै ७० वर्ष उमेर माथि र अपा¨ता भएका व्यक्तिहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले बताए।

महोत्सव सफल पार्न ३३ सदस्यीय मूल आयोजक समिति, २५ जनाको विशेष सल्लाहकार समिति, १ सय ५१ सदस्य रहने सल्लाहकार समिति र ३३ वटा विभिन्न उपसमिति गठन गरिएको प्रचार प्रसार उपसमितिका संयोजक कृष्ण गुरुङले बताए।

भैरहवामा वर्षौँ पहिले स्थानिय सिद्धार्थ रंगसालामा मेला महोत्सव हुने गर्दथ्यो। 

केही वर्ष पहिले उक्त स्थलमा अन्तराष्ट्रिय क्रिकेट रंगसाला सञ्चालनमा छ। अहिले अञ्चलपुरमा भाडाको जग्गामा महोत्सव हुदैं आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्